काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति थापालाई बद्नाम गराउन खोजेको आरोप लगाएकी हुन् । आफ्ना काला कर्तुत लुकाउनकै लागि बालेन सरकारले गगन थापालाई पक्रने हल्ला फैलाएको उनले बताइन् । महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् । राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै नहुने भन्दै महामन्त्री संग्रौलाले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी दिइन् । उनले सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै यसबाट देशमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको धारणा राखिन् ।
आफ्ना कमजोरी ढाकछोप गर्न सरकारले कांग्रेसमाथि निराधार हल्ला चलायो -डिला संग्रौला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






