अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो । अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनाका बेला बसमा ३० जना सवार थिए । प्रहरीका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको छ । घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको छ । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्घाखाँचीमा बस दुर्घटना, चार जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





