Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
Photo / Coverage: नेपालन्युज

नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो। नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने गरेको बताए। “सामान्य दिनमा २००–२५० जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा सार्वजनिक बिदाको दिनमा ५०० को हाराहारी पुग्छन्”, उनले भने, “तिहारको बेला यहाँ दैनिक एक हजारभन्दा बढीको संख्यामा आगन्तुक आएका थिए।” तिहार लगत्तै परेको बिदाका दिनमा परिवार तथा टोलका मानिसको ३०–३५ वटा समूह दैनिक रूपमा वनभोज खानकै लागि यहाँ आउने गरेका अर्यालले जानकारी दिए। ब्रम्हस्थानको नारायणी हाइट क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैंडा, घडियाल गोही, नदीको पारिपट्टी रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका उनको भनाइ छ। यहाँ घुम्न आउने मानिसहरुले सुन्दरतासँग फोटो खिच्ने तथा टिकटक भिडियो बनाउने गरेका अर्यालले बताए। यस क्षेत्रमा पर्यटकहरुको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भ (भ्यूटावर) सहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा भ्यूटावर निर्माण अलपत्र परेको स्थानीय सुवास नेपालले बताए। यहाँ स्थानीय भूतपूर्व सैनिकको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उनले बताए। “ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै ड्राइ पिकनिक, पिकनिकका लागि आउने गरेका छन्”, उनले भने, “पार्कभित्र पिकनिक स्पोट समेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।” पार्क नजिकै रहेका होटलहरुमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले पनि मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय व्यवसायी गीता कुमालले बताइन् । “यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाट समेत मानिसहरु घुम्न आउने गरेका छन्”, उनले भनिन्, “एक पटक आएका मानिसहरु यहाँको सुन्दरताका कारण पटक पटक आउने गरेका छन्।” यहाँ पार्क बाहेक अन्य संरचना निर्माण नहुँदै मानिस आउन थालेका भन्दै कुमालले यस क्षेत्रको प्रर्वद्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताइन्। मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित पारिवारिक वनभोजम आएका जयश्वर भण्डारीले यहाँको दृश्यावलोकनले आफूलाई आकर्षित गरेको बताए। “परिवारका सदस्य भेला भएको बेला चार–पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उनले भने, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन्।” घरबाट नजिकै पारिवारिक रूपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उनीहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुमफिर र रमाइलो गर्न आएको भण्डारीले बताए। मध्यविन्दु–७ बाटै परिवारसहित आएका लोकनाथ भण्डारीले तिहारको बेला जम्मा भएका चेलीबेटी लिएर घुमफिरका लागि आएको बताए। “तिहारको बेला घरमा भेला भएका छोरी तथा नातीनातिना लिएर यहाँको पार्कमा आएका छौं”, उनले भने, “पार्क राम्रो लाग्यो। तर, यो पार्क अलि व्यवस्थित भएको रहनेछ, पार्क वरिपरी सरसफाइमा ध्यान दिनुपर्‍यो।” पार्कमा भन्दा नदी किनारमा मानिस धेरै बस्ने गरेका भन्दै उनले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्नेमा जोड दिए। “नदी किनारबाट नदी अवलोकन सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उनले भने, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनु पर्छ।” व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो (श्रव्यदृश्य) बनाउने गरेको दृश्य देखिएको भन्दै भण्डारीले यसलाई सुरक्षित पार्न स्थानीय समिति लाग्नुपर्ने बताए। “ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैंडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन गर्न भनेर भन्न सकिन्छ”, उनले भने, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
Latest NewsJust now

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ ...

केन्द्रबिन्दु
सभामुख डोलप्रसाद अर्यालद्वारा वीरगञ्जका प्रमुख छठघाटको अवलोकन
Latest NewsJust now

सभामुख डोलप्रसाद अर्यालद्वारा वीरगञ्जका प्रमुख छठघाटको अवलोकन

• प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले छठ पर्वको अवसरमा वीरगञ्जका विभिन्न छठघाटको अवलोकन गरेका छन्। • उनले घडिअर्वा पोखरीमा व्रतालु, श्रद्धालु र स्थानीयवासीसँग भेटघाट गर्दै त्यहाँको तयारीको अवलोकन गरेका छन्। • छठ पर्व मधेसको मौलिक संस्कृति र धार्मिक आस्थासँग जोडिएको महत्त्वपूर्ण पर्व हो, जसले वीरगञ्जको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्छ। ...

नेपालबहस
कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
Latest NewsJust now

कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौं।टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे। त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका ...

नेपालन्युज
१६ ओभरकाे समाप्तिमा चितवनले ११४ रन बनायाे
Latest NewsJust now

१६ ओभरकाे समाप्तिमा चितवनले ११४ रन बनायाे

काठमाडाैँ। तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले १६.२ ओभरकाे समाप्तिमा चितवनले ११० रन बनाएकाे छ । ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play