आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गर्दै अभियानले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले उक्त कार्यक्रम सरकारको ध्यानाकर्षण गराउन गरिएको सांकेतिक विरोध भएको बताए । उनले सरकारले विवादित निर्णयहरू सच्याउनुपर्नेमा जोड दिँदै आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न माग गरे । ‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो । सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ,’ सिंहले भने । सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे । उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ । अभियानले नियुक्तिसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे
अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । ...

पावरप्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् । यसअघि लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका थिए भने तेस्रो… ...

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए… ...



