आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन

लुम्बिनी । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न राष्ट्रिय जेनजी नागरिक अभियानले माग गरेको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छोइङ डोल्मा तिब्बतीयन शरणार्थीलाई लुम्बिनीको जिम्मा दिनु राष्ट्रघाती कदम भएको समेत जनाएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सरकारले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गरे । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौसला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उनको द्वैध चिरत्र उदाङ्गो भएको बताए ।

दशैंको मुखमा जनतालाई छलेर गरिएको नियुक्ति खारेज नगरे कार्तिक ९ गतेबाट संघर्ष गर्ने घोषणा गरेका छन् ।

छोइङ स्वयमले आफू तिब्बती शरणार्थी भएको स्वीकार गरेकोे, सोही अनुसार उनी नक्कली नागरिकताधारीलाई लुम्बिनीको जिम्मा लगाउने विषय बालेन सरकारको राष्ट्रघाती कदम भएको सिंहको कथन छ ।

‘सन्दुक रुइतले प्रधानमन्त्रीलाई दबाब दिएर डोल्मालाई नियुक्ति दिएको विषय रास्वपाकै साथीहरुले भनेका छन् । हामीलाई अचम्म लाग्छ, ती सन्दुक भन्ने मान्छे आखिर को हुन्, यो देश कसले चलाईरहेको छ’, सिंहले प्रश्न गरे ।

अभियानका प्रवक्ता विर्जन विकले छोइङ डोल्माको नियुक्ति विदेशी योजनामा भएको र त्यसलाई देशभक्तहरुलाई स्वीकार्य नहुने धारणा राखे । विकले ‘बारबराको भूमिकामा आनी छोइङ डोल्मालाई सरकारले स्थापित गर्न खोजिरहेको आरोपसमेत लगाए ।

उनले डोल्माको नियुक्तिलाई नेपाली भूमि चीनविरुद्धको गतिविधि गर्ने अखडा बनाउने पछिल्लो कडीका रुपमा रहेको दाबी गरे । ‘बालेन–सुदनले टीओबी सम्मेलन नेपालमा गर्ने प्रयास गरे, युरेनियम सम्झौता गरे, बालेनले ‘इण्डियाको भूमी हामीले मिचेकाछौं’ भने, अब तिब्बतीयन डोल्मालाई लुम्बिनीमा नियुक्त गरे, यसबाट के प्रष्ट हुन्छ भने उनीहरु विदेशीको योजनामा अघिबढिरहेका छन्,’ विकले भने ।

जेनजी अभियन्ता सफलता बोगटीले विषय विज्ञ, स्वच्छ र लुम्बिनीको स्थानीयलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा त्यसको ठिक उल्टो भएको आरोप लगाइन् ।तीन महिना अघि नै ७ सय २७ विज्ञहरुले निवेदन दिएको तर निवेदन नै पेस नगरेकी ‘अनागरिक आनी छोइङ डोल्मा’ छनौट कसरी र किन योग्य भइन’ सरकारलाई बोगटीले प्रश्न गरिन् ।

जेनजी रमेश रावतले छोइङ डोल्माको नियुक्ति कुनियतका साथ भएको आरोप लगाउँदै भने,‘तिब्बतबाट भागेका भगौडाहरुले देश कब्जा गर्ने योजनास्वरुप शरणार्थीलाई लुम्बिनीको चाबी बुझाईयो ।’जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाती निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताए ।

उनले प्रधानमन्त्रीलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराइरहेको आरोप लगाए ।जेनजी सुनील विकले छोइङ डोल्मा आफैंले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो, प्रश्न गरे ।

अभियन्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरैजस्तो उच्च ओहोदाका पदहरुलाई खरिद बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीताको धज्जी उडाएको बताए ।जेनजी अमृत बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्धरुपमा प्रहार गरिरहेको जिकिर गर्दै समयमै सरकार सचिन आग्रह गरे ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ ...

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ...

धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा
काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपालीहरूको महान् चाड विजयादशमीअन्तर्गत मोहनी नखःको पावन अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको ...

विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ...