आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको सहभागितामा भएको प्रदर्शनमा आनीको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रदर्शनकारीहरूले आनीको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्न पनि माग गरेका छन् । उनीहरूले नियुक्तिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला
इस्लामावाद । १७ अक्टोबर दिउँसो करिब डेढ बजे पाकिस्तानको पंजाब प्रान्तस्थित गुजरातको एक गाउँमा बस्दै आएका मोहम्मद सुफियानलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहँदै आएका दाजु मोहम्मद बिलालको ह्वाट्सएप कल... ...

निर्वासनपछि भेनेजुएला फर्किइन् विपक्षी नेतृ मचाडो
• भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडो एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन्, जहाँ उनका समर्थकहरूले ठूलो स्वागत गरेका छन्। • मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणको समयमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ, जबकि निर्वाचनको मिति भने तय भएको छैन। • मचाडोको पार्टीले २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ। ...

संघीय संसद्मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता
संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ। संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको छ, जसले दर्ता भएका नयाँ विधेयकको सङ्ख्या सात पुर्‍याएको छ। काठमाडौँ । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्... ...

नेपाली नृत्यमा स्वजन रघुवंशीले हासिल गरे विद्यावारिधि
काठमाडौं । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन्। ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खेरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। उपलब्ध विवरणअनुसार, नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने रघुवंशी पहिलो नेपाली हुन्। उनले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति दिँदै आएका छन्। विद्यावारिधि ...


