Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा

आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा

काठमाडौं, कात्तिक १० । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा पक्राउ पर्नुभएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँन रिहा हुनुभएको छ। उहाँसँगै पक्राउ पर्नुभएका अर्का व्यक्ति वाजिउद्दिन मुसलमान पनि रिहा हुनुभएको छ। खाँनका अनुसार प्रहरीले उहाँलाई राति नियन्त्रणमा लिएर बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरेको हो। आफू होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे रुपन्देहीकाे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको खाँनको भनाइ छ। त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उहाँले बताउनुभयो। खाँनका अनुसार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खाँनको रोहवरमा उहाँका भाइ फकरुद्दिन खाँनको जिम्मा लगाएर प्रहरीले रिहा गरेको हो।रिहाइका क्रममा भएको छलफलमा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध तथा पुत्ला दहनजस्ता गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको खाँनले जानकारी दिनुभयो। रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै खाँनले लुम्बिनीको हकहित, विकास र संरक्षणका विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउनुभयो। सरकारका निर्णय र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन तथा सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उहाँको भनाइ छ। आफूहरू कानुनी राज्यको सम्मान गर्ने उल्लेख गर्दै खाँनले लुम्बिनीवासीको हकहितका लागि अभियानलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’
राजनीतिJust now

‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’

काठमाडौं । कांग्रेस महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकासको कोषमा सरकारको विवास्पद निर्णयप्रति कटाक्ष गरेका छन् । सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्त गरेको थियो । आनी छोइङको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद देखिएको विषयमा पौडेलले सरकारलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका हुन् । ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको […] ...

लोकपथ
जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा
राजनीतिJust now

जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश समिति सचिव मो. युसुफ अलिले पार्टीको पद तथा साधारण सदस्यसमेत नरहने गरी मंगलबार राजीनामा... ...

गोरखापत्र
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
राजनीतिJust now

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुन: संवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बीपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष […] ...

काठमाण्डुपाटी
जनकपुरविरुद्ध कर्णाली याक्सलाई दोस्रो झट्का, मार्क वाट आउट
राजनीतिJust now

जनकपुरविरुद्ध कर्णाली याक्सलाई दोस्रो झट्का, मार्क वाट आउट

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दोस्रो विकेटका रूपमा मार्क वाटलाई गुमाएको हो । हाल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play