Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश
Photo / Coverage: कर्पोरट खबर

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारण खुलाएर बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ। त्यस्तै, रिट निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षबीच छलफल गर्नुपर्ने भन्दै अदालतले आगामी मंसिर १४ गतेका लागि पेसी तोकेको छ। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले आनीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी उपाध्यक्ष पदका लागि योग्य नरहेको दाबी गरिएको छ। सरकारले गत असोज ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुन्छ। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्। The post आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा

सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूह विजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ। तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकालेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७-३ को फराकिलो अन्तरले हराएको हो।  सुदूरपश्चिमक... ...

नेपालखबर
आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो
Latest NewsJust now

आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो

काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सर्वोच्च अदालतले आगामी सोमबार (१४ मंसिर) दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो। प्रारम्भिक सुनुवाइपछि दुवै पक्षबीच छलफल गरेर मात्रै अन्तरिम आदेशबारे निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै अदालतले यस्तो ...

केन्द्रबिन्दु
स्थानीय तहको राजस्व वृद्वि र सार्वजनिक सेवा प्रवाहले सङ्घीयताको सबलीकरण हुुने
Latest NewsJust now

स्थानीय तहको राजस्व वृद्वि र सार्वजनिक सेवा प्रवाहले सङ्घीयताको सबलीकरण हुुने

काठमाडौँ, मङ्सिर ९ गते । सङ्घीय शासन प्रणालीलाई सुुदृढ र प्रभावरी कार्यान्वयन गर्न स्थानीय तहको राजस्व वृद्धि र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्वि गर्नुुपर्ने आवश्यकता... ...

गोरखापत्र
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड
Latest NewsJust now

आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement