Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ। यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यसैगरी गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानुन आवश्यक: अमेरिकी दूतावास
Latest NewsJust now

नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानुन आवश्यक: अमेरिकी दूतावास

काठमाडौँ । नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासका... ...

रातोपाटी
बालेन शाहबारे प्रयोग गरेको विवादित शब्द ‘द इकोनोमिस्ट’ले हटायो
Latest NewsJust now

बालेन शाहबारे प्रयोग गरेको विवादित शब्द ‘द इकोनोमिस्ट’ले हटायो

काठमाण्डु – बेलायतबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिस्ट’ले नेपालको प्रधानमन्त्री वालेन्द्र शाहबारे प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको शब्द परिवर्तन गरेको छ । उक्त पत्रिकाले समाचार शीर्षकमा प्रयोग गरेको शब्दबारे आलोचना भएको थियो । त्यसपछि पत्रिकाले शीर्षकमा शब्द परिवर्तन गरेर छोट्याएको छ । पत्रिकाले प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको ‘begs’ शब्द परिवर्तन गरी […] ...

काठमाण्डुपाटी
मनोरम मणिचुड
Latest NewsJust now

मनोरम मणिचुड

काठमाडौँमा मानिसको शरीरभन्दा पहिले मन थाक्छ । सिमेन्टको जङ्गल, धुवाँ, धुलो, ट्राफिक जामलगायतले मानिसलाई आफ्नै जीवनको हिरासतमा कैदी बनाएको अनुभूति गराउँछ । यस्तो बेला केही समयका लाग... ...

गोरखापत्र
विश्व हल्लाउने वित्तीय लुट
Latest NewsJust now

विश्व हल्लाउने वित्तीय लुट

२० जुलाई २०१६ मा अमेरिकी न्याय मन्त्रालयले एउटा यस्तो कानुनी कदम चाल्यो, जसको असर मलेसियाको राजनीतिक नेतृत्वमा मात्र सीमित रहेन, विश्वको वित्तीय प्रणालीसमेत कठघरामा उभियो। मन्त्रालयअन्तर्गतको सम्पत्ति जफत तथा पुनः प्राप्ति गर्ने निकायले मलेसियाको सरकारी लगानी कोष ‘वानएमडीबी’ बाट दुरुपयोग भएको भनिएको रकमले खरिद गरिएका सम्पत्ति जफत गर्न अदालतमा निवेदन दर्ता गर्‍यो। निवेदनमा उल्लेखित रकम, कारोबार र सम्पत्तिको सूची सामान्य भ्रष्टाचारको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement