Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक २२ गते आइतबार देशभर लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदैछ।

तिहारको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मीपूजा मनाउने परम्परा भए पनि यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकै दिन परेको हो।

कुकुरलाई यमराजको दूतका रूपमा मान्दै आज बिहानै कुकुरको पूजा गरी माला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाउने चलन छ। कुकुरलाई आज्ञाकारी, रक्षक तथा मानिसको विश्वासिलो साथीका रूपमा समेत सम्मान गरिन्छ।

आज साँझ घर, पसल तथा कार्यालयमा दीप, बत्ती र झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न घरआँगन सफा गर्ने, ढोकादेखि पूजाकोठासम्म फूलमाला र रङ्गोलीले सजाउने तथा दीपावली गर्ने परम्परा छ।

लक्ष्मीपूजाका दिन घरमा लक्ष्मीको बास होस् र धनसम्पत्ति तथा सुखसमृद्धि प्राप्त होस् भन्ने कामनासहित पूजा गरिन्छ। विशेषगरी व्यापारी तथा व्यवसायीले आफ्नो कारोबार स्थलमा लक्ष्मीको पूजा गरी नयाँ आर्थिक वर्षको हिसाबकिताबसमेत सुरु गर्ने चलन छ।

तिहारलाई उज्यालो, फूल र आपसी सद्भावको पर्वका रूपमा मनाइन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई विशेष महत्त्व दिइन्छ।

यस वर्ष कार्तिक २१ गते शनिबार काग तिहार परेको छ भने कार्तिक २२ गते आइतबार लक्ष्मीपूजा र कुकुर तिहार परेको छ। कार्तिक २३ गते गाईपूजा, २४ गते गोवर्द्धन पूजा तथा म्हः पूजा र २५ गते भाइटीका मनाइनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Latest NewsJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ। सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने कानुनी ...

नेपालन्युज
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Latest NewsJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौं । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र […] ...

लोकपथ
सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
Latest NewsJust now

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक शनिबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार राति करिब ११ः५० बजे कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०२–०२५ प […] ...

लोकपथ
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने
Latest NewsJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play