Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

काठमाडौं।आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ। विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आजसम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो। नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हो। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन्। केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ। मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन। सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरी बडादशैँ समापन
ताजा खबरJust now

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरी बडादशैँ समापन

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको बडादशैँ आश्विन शुक्ल पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरेर समापन गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने चलन छ। ‘को जाग्रत’ अर्थात् ‘को जागेको छ?’ भन्ने अर्थ बोकेको ...

हिमालय टाइम्स
दसैँपछि साँच्चै चलायमान हुन्छ त अर्थतन्त्र ?
ताजा खबरJust now

दसैँपछि साँच्चै चलायमान हुन्छ त अर्थतन्त्र ?

काठमाडौँ । महान् चाड दसैँ सांस्कृतिक पर्वमात्र नभएर सिङ्गो देशको अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा ठुलो आर्थिक सिजन पनि हो । दसैँमा आफ्नो क्षमता अनुसार नयाँ सामान खरिद गर्ने परम्परा छ... ...

रातोपाटी
‘मत बचाऊ, देश बचाऊ’ नारासहित नोभेम्बर १ मा दिल्लीमा विपक्षीको विशाल र्‍याली
ताजा खबरJust now

‘मत बचाऊ, देश बचाऊ’ नारासहित नोभेम्बर १ मा दिल्लीमा विपक्षीको विशाल र्‍याली

• राहुल गान्धीले नोभेम्बर १ मा दिल्लीमा आयोजना हुने विरोध र्‍यालीको प्रचार गर्दै भाजपालाई व्यङ्ग्यात्मक धन्यवाद दिएका छन्। • विपक्षी गठबन्धन 'इन्डिया' ले मतदाता सूचीमा अनियमितताको आरोप लगाउँदै 'मत बचाऊ, देश बचाऊ' नारासहित र्‍याली आयोजना गर्दैछ। • व्यापारी संगठनले चाडपर्वको समयमा र्‍याली आयोजना हुँदा व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरेको छ। ...

नेपालबहस
मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर
ताजा खबरJust now

मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम । मिथिलाञ्चलमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ। यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ भार पाहुर भित्र्याइएको छ। महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् राम र माता जानकीका लागि विशेष वस्त्र समावेश छन्। ती सामग्री समर्पण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play