आज दसैँकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। सार्वजनिक यातायातमा यात्रुको चाप बाक्लो छ भने तराईका क्षेत्रमा गर्मी अझै घटेको छैन । बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ । दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् । परपर रहेका माइती–मावली तथा आफन्तकहाँ पुग्न समय लाग्ने भएकाले पूर्णिमासम्म टीका लगाउने परम्पराले भेटघाटको अवसर जुटाउँछ। यस अवधिमा घरघरमा आफन्त आउने र टीका थाप्ने क्रम चलिरहन्छ । दसैँको टीका केवल धार्मिक परम्परामा सीमित छैन । यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई नवीकरण गर्ने, आशीर्वाद लिने र खुसी साटासाट गर्ने अवसर पनि प्रदान गर्छ । विजयादशमीको दिन छुटेका आफन्तले समेत कोजाग्रत पूर्णिमासम्म टीका लगाउन पाउने भएकाले दसैँको पारिवारिक रौनक केही दिनसम्म कायम रहन्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...


