Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

आज छठकाे दाेस्राे दिन : व्रतालुहरू दिनभरि निराहार उपवास बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज छठकाे दाेस्राे दिन : व्रतालुहरू दिनभरि निराहार उपवास बस्दै
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २८। मधेसमा प्राचीन मिथिला क्षेत्रमा सूर्य उपासनाको महान् पर्व छठ मनाउने क्रम जारी छ। चार दिनसम्म श्रद्धा, निष्ठा र विधिपूर्वक मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन व्रतालुहरू ‘खरना’ को तयारीमा जुटेका छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका अवसरमा शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै व्रतालुहरूले व्रतको सङ्कल्प गरिसकेका छन्। छठ पर्व केवल धार्मिक अनुष्ठानमा सीमित छैन। यो प्रकृति, सूर्य, जल र मानव जीवनबीचको सम्बन्धलाई आत्मसात् गर्ने प्राचीन सांस्कृतिक परम्परा पनि हो। सूर्यलाई जीवन, ऊर्जा र सृष्टिको आधार मानेर गरिने उपासनाले प्रकृतिप्रतिको सम्मान, आत्मसंयम, पवित्रता र सामूहिक सद्भावको सन्देश दिने गर्दछ। विशेषगरी मिथिलाको लोकजीवनमा छठलाई लोकआस्थाको महापर्वका रूपमा लिने गरिन्छ। पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा व्रतालुहरू बिहानै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने परम्परा छ। साँझ चन्द्रदर्शनपछि नयाँ माटोको चुलो र माटाकै भाँडामा सख्खर, दूध तथा स्थानीय जातको चामलबाट खीर पकाइन्छ। उक्त खीर कुलदेवता र छठी मातालाई अर्पण गरी प्रसादका रूपमा व्रतालु तथा परिवारका सदस्यले ग्रहण गर्ने गर्दछन्। मैथिली भाषामा यस विधिलाई ‘खरना’ भनिन्छ। खरना विधिले शुद्धता, अनुशासन, पारिवारिक एकता र सामूहिक सहभागिताको महत्त्वलाई उजागर गर्दछ। पर्वको तेस्रो दिन षष्ठी तिथिमा व्रतालुहरू निराहार व्रत बसेर साँझ नजिकैका नदी, पोखरी तथा अन्य जलाशयमा निर्माण गरिएका घाटमा पुग्छन्। कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु जीवनचक्र, प्रकृतिको निरन्तरता र समयको परिवर्तनलाई स्वीकार गर्ने सांस्कृतिक प्रतीकका रूपमा समेत व्याख्या गरिन्छ। पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ। यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्यका क्रममा पहिले जटासहितको नरिवल र त्यसपछि ठकुवा, भुसुवा, केरालगायतका फलफूल तथा विभिन्न मिष्टान्न परिकार सूर्यदेवलाई अर्पण गर्ने चलन छ। अर्घ्य सम्पन्न भएपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी लामो उपवास तोड्ने गर्दछन्। छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष यसको मौलिक खानपान र घरेलु उत्पादनसँग जोडिएको संस्कृति हो। पर्वका लागि बनाइने ठकुवा, भुसुवालगायतका प्रसाद घरमै परम्परागत विधिअनुसार तयार गरिन्छन्। ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठो प्रयोग गरी शुद्धतामा विशेष ध्यान दिएर परिकार बनाउने चलन छ। पर्वमा प्रयोग गरिने बाँसका ढाकी, नाङ्लो, माटाका भाँडा, केराका पात तथा स्थानीय कृषि उत्पादनले ग्रामीण सीप, घरेलु उद्यम र स्थानीय अर्थतन्त्रलाई समेत जीवन्त बनाउने गरेका छन्। छठका अवसरमा घरपरिवारका सदस्य, आफन्त र इष्टमित्रलाई प्रसाद खुवाउने तथा नातेदारका घरमा प्रसाद पुर्‍याउने परम्पराले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतालाई थप बलियो बनाउँछ। त्यस्तै, नदी, पोखरी र जलाशयका किनारमा सामूहिक रूपमा आकर्षक घाट निर्माण गर्ने, सरसफाइ गर्ने र पूजास्थल सजाउने कार्यले सामुदायिक सहकार्यको अभ्यासलाई प्रोत्साहन गर्छ। धार्मिक दृष्टिले छठ सूर्यदेव र छठी माताप्रतिको श्रद्धा तथा आस्थाको पर्व हो। सांस्कृतिक दृष्टिले यसले मिथिलाको भाषा, भेषभूषा, लोकगीत, खानपान, कला र परम्परालाई संरक्षण तथा पुस्तान्तरण गर्दै आएको छ। सामाजिक दृष्टिले भने जातीय, धार्मिक र सामुदायिक विभाजनभन्दा माथि उठेर आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने पर्वका रूपमा यसको पहिचान विस्तार हुँदै गएको छ। केही वर्षअघिसम्म मुख्यतः मधेशी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायका हिन्दूहरूले पनि मनाउन थालेका छन्। मिथिलाका कतिपय स्थानमा इस्लाम धर्मावलम्बीहरूले समेत व्रतालुलाई आफ्नो भाकल सूर्यदेवसमक्ष प्रस्तुत गरिदिन आग्रह गर्दै पूजाका सामग्री दिने गरेका छन्। यसले छठ पर्वलाई धार्मिक सीमाभन्दा माथि उठेको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ। छठका अवसरमा विभिन्न समुदायका मानिसहरू घाट निर्माण, सरसफाइ, सजावट र व्यवस्थापनमा एकसाथ जुट्ने गरेका छन्। यसले सामाजिक एकता र पारस्परिक सहयोगको व्यवहारिक उदाहरण प्रस्तुत गर्छ। धर्म र संस्कृतिका आधारमा समाजमा विभाजन बढिरहेको सन्दर्भमा छठले साझा आस्था, सहिष्णुता र सहअस्तित्वको महत्त्वलाई स्मरण गराउने गरेको छ। छठ पर्वले धार्मिक आस्थासँगै प्रकृति संरक्षण, जलाशयको स्वच्छता, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको महत्त्व पनि उजागर गर्दछ। सूर्य र जलप्रति कृतज्ञता व्यक्त गर्ने यस पर्वको मूल सन्देश मानव जीवन प्रकृतिबाट अलग हुन नसक्ने र समाजको वास्तविक शक्ति आपसी विश्वास, सहकार्य तथा सद्भावमा निहित रहने भन्ने हो। यसरी छठ पर्व मिथिलाको धार्मिक अनुष्ठान मात्र नभई मधेसको मौलिक पहिचान, नेपाली समाजको बहुसांस्कृतिक चरित्र र सामाजिक एकताको जीवन्त प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै
PoliticsJust now

मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) बस्ने मधेश प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने हुनु भएकोे छ । नेकपा (एमाले) र न... ...

गोरखापत्र
भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाही सुन्दरपुरका १२ जनाको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि
PoliticsJust now

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाही सुन्दरपुरका १२ जनाको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि

सर्लाही, कात्तिक २८ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । मृतकहरूको शव लखन्देही नदीमा सामूहिक रूपमा अन्त्येष्टि गरिएको हो । एकै गाउँका १२ जनाको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुरटोल शोकमा डुबेको छ । एउटै परिवार तथा गाउँका आफन्तजन गुमाउनुपर्दा स्थानीयवासी, परिवारका सदस्य र आफन्तहरू गहिरो पीडामा ...

जनताटाइम्स
मिथिलामा लोकआस्थाको महापर्व, छठको दोस्रो दिन आज ‘खरना’
PoliticsJust now

मिथिलामा लोकआस्थाको महापर्व, छठको दोस्रो दिन आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन् । यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन् ।  पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राती सख्खरमा पकाइएको खीर ...

फरकधार
कोपमा सहभागी हुनेहरूले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्छ : रास्वपा सांसद गणेश कार्की
PoliticsJust now

कोपमा सहभागी हुनेहरूले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्छ : रास्वपा सांसद गणेश कार्की

काठमाडौं, कात्तिक २८ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले कोपमा सहभागी हुनेहरूले सरकारी खर्चमा भ्रमण गरेका हुन् वा व्यक्तिगत तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने विषय स्पष्ट ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play