Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
Photo / Coverage: पर्दाफास

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
OthersJust now

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ। शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ। आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी ...

पर्दाफास
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने
OthersJust now

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम आउन लागेका हुन् । रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५… ...

अनलाइन खबर
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस
OthersJust now

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्री यादवले आजै सदनमा सम्बोधन गरी राजीनामा दिन सक्ने सम्भावना प्रबल छ । ...

अनलाइन खबर
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्
OthersJust now

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play