काठमाडौं । तिहार अन्तर्गत आज गाईको पूजाआजा गरी मनाइँदैछ । नेपालमा गाईलाई पवित्र मानी पूजा गर्ने हाम्रो वैदिक सनातन कालदेखिको परम्परा हो । आजका दिन गाईको पूजा गरी मीठा परिकार खान दिने गरिन्छ । आफ्नो गरमा गाईपालेका हरुले घरमै पुजा गर्ने गर्छन् भने गाई नपालेकाहरुले गौशाला पालिएका गाईको पुजा गर्ने गर्दछन् । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ। गाईलाई गौमाता भनेर सम्मान गरिन्छ । गाईको दुध मात्र होइन गौमुत्र ,गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि प्रयोग गरिन्छ । कुनै धार्मिक कार्य गर्न वा पुजा गर्न गाइको गोबर ,गौमुत्र ,दुध तथा घिउको आवस्यक पर्छ। । गाईको घिउ पुजा आजामा मात्र होइन औसधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ । The post आज गाई पूजा गरिँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज गाई पूजा गरिँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






