आज काठमाडौं उपत्यकाका यी तीन रुटमा चल्दैछन् प्रहरीका निःशुल्क बस

काठमाडौं । बडादसैँको टीकाका दिन आज नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणको सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायातको उपलब्धता कम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस चलाएको हो। नेपाल प्रहरीका अनुसार आज बुधबार बिहान ८ बजे पहिलो सिफ्टको सेवा सुरु भएको छ भने दिउँसो ३ः३० बजे दोस्रो सिफ्ट सञ्चालन हुनेछ। प्रहरीले सञ्चालन गरेका तीनवटै रुट नक्सालबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः नक्सालमै पुगेर टुंगिनेछन्। रुट नम्बर १ नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–कृष्णपाउरोटी–जयनेपाल हल हुँदै नक्साल। रुट नम्बर २ नक्साल–रत्नपार्क–बानेश्वर–कोटेश्वर–सल्लाघारी–सूर्यविनायक चोक–कोटेश्वर–विमानस्थल–गौशाला–चाबहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार हुँदै नक्साल। रुट नम्बर ३ नक्साल–सोह्रखुट्टे–बालाजु चोक–नयाँ बसपार्क–नारायणगोपाल चोक–चक्रपथ–सुकेधारा–गौशाला–विमानस्थल–कोटेश्वर–सातदोबाटो–एकान्तकुना–बल्खु–कलंकी–नयाँ बसपार्क–चक्रपथ–महाराजगन्ज हुँदै नक्साल। दसैँका बेला आफन्तको घरमा टीका लगाउन जाने तथा अन्य कामले आवतजावत गर्ने सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उपलब्ध गराएको विवरणअनुसार यी रुटमा यात्रा गर्ने सर्वसाधारणले तोकिएको समयमा निःशुल्क बस सेवा उपयोग गर्न सक्नेछन्। The post आज काठमाडौं उपत्यकाका यी तीन रुटमा चल्दैछन् प्रहरीका निःशुल्क बस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
एजेन्सी : ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ। तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न नसक्ने … ...

राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा
काठमाडौँ। बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार देशभर टीका, जमरा र प्रसाद ग्रहण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका छन्। सर्वसाधारणले पनि मान्यजनबाट टीका र जमरा थापेर दसैँ मनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि ...

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ […] ...

विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं उपत्यकामा चहलपहल बाक्लियो, आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को
नेपालीहरूको महान पर्व बडादसैँको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा ग्रहण गरेसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि नै सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकहरूमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि निकै बाक्लिएको हो। नेपालीहरूको महान चाड बडा... ...


