Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आज कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नेकपा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ । बैठकमा कांग्रेसले सरकारको पछिल्लो कामकारबाही, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेपलगायत विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका थिए । सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए । यही विषयमा कांग्रेसले आज प्रतिपक्षी दलहरूसँग छलफल गर्न लागेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest NewsJust now

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Latest NewsJust now

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० ...

केन्द्रबिन्दु
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Latest NewsJust now

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […] ...

लोकपथ
रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !
Latest NewsJust now

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play