Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने

आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ खानेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकाले आज बाँकीले शपथ खाने भएका हुन्। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिए। गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्ला मंचमा भएको थियो भने मतदान खुल्ला मंच र राष्ट्रिय सभागृहमा भएको थियो। महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो। अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए। यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र इ मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा डिला संग्रौला (पन्त) सहित समावेशी र प्राज्ञिक चरित्रको बलियो कार्यसमिति चयन भएको छ। शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। पहिलो बैठकले ऐतिहासिक महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायत विषयमा निर्णय गर्ने जनाइएको छ। बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरुका बारेमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन
ताजा खबरJust now

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले सरकारी, सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण रोक्न जग्गाको सीमाङ्कन सुरु गरेका छन् । नमोबुद्ध नगरपालिकाले वडा नं ३ र ४ का सामुदायिक वनमा भएको... ...

रातोपाटी
सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने
ताजा खबरJust now

सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “सलिको गल्फ प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ । व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको पार–७२ गल्फ कोर्समा आयोजना गर्न लागेको ...

कर्पोरट खबर
हवाई फायर गरेर खैरो हिरोइनसहित सिरहाको मार्डरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ
ताजा खबरJust now

हवाई फायर गरेर खैरो हिरोइनसहित सिरहाको मार्डरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

• सिरहामा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूसँग ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको छ। • घटनाबारे थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
ताजा खबरJust now

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौँ, कात्तिक १२ गते । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।आयोजनाले आज सार्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play