Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने भएको छ । सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवै खालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एक/एकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् । सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले आज र भोलिमात्रै बिक्रीमा राख्ने जनाएको छ । यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिनेछ । खरिदकर्ताले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्ता नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ । The post आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ
Latest NewsJust now

आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले आयकर ऐनका केही प्रावधान लागू नहुने व्यवस्था भए अधिकांश ग्यास उद्योग एक आपसमा गाभिन सक्ने जनाएको छ । सङ्घले बिहीबार नेपाल आयल निगमलाई पत्र... ...

रातोपाटी
आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित
Latest NewsJust now

आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित

काठमाडौँ । पार्टीलाई जानकारी नदिई सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक प्रभावित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक... ...

रातोपाटी
ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ
Latest NewsJust now

ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले आफूमाथि लागेको घरेलु हिंसाको आरोप अस्वीकार गरेका छन् । अदालतमा आफ्नै बचाउमा बयान दिँदै उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका हुन् । अदालतमा न्यायाधीशसमक्ष बयान दिने क्रममा नरेशले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रँदै गएको भने स्वीकार गरेका छन् । तर, आफूले ममतालाई कुटपिट नगरेको उनको ...

फरकधार
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी थालिएको छ।  यसैक्रममा जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको छ। नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play