Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

10/26/2026, 7:09:21 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ । । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान सकेसम्म बाँस, बाँस नपाएमा पलाँस, खएर, पीपलको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति सम्पन्न भएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कात्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना
OthersJust now

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । एनपीएलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ ।यस्तै सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो। निजी सुरक्षा कम्पनीलाई भित्रको […] ...

काठमाण्डुपाटी
अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली
OthersJust now

अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली

नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक क्रस रिभर बैंकको नेतृत्वदायी भूमिकामा छन् । परम्परागत बैंकिङलाई प्रविधि, डेटा र कृत्रिम बुद्धिमत्तासँग जोड्ने काममा सक्रिय उनी विश्व वित्तीय प्रणालीको भविष्यसँगै नेपालको आर्थिक सम्भावनाबारे पनि सोचिरहेका छन् । ...

अनलाइन खबर
सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?
OthersJust now

सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?

हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर बहसको बेला आएको छ। ...

अनलाइन खबर
रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण
OthersJust now

रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण

९ कात्तिक, रोल्पा। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ। समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play