Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आजदेखि ‘काठमाडौं चलचित्र महोत्सव’

आजदेखि ‘काठमाडौं चलचित्र महोत्सव’

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि ‘काठमाडौं चलचित्र महोत्सव’

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने ‘काठमाडौं चलचित्र महोत्सव’ आज (शुक्रबार)देखि सुरु हुँदैछ । महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हासहित स्वदेशी तथा विदेशी चलचित्रकर्मी सहभागी हुनुहुने भएको छ । महानगरपालिकाले पत्रकार सम्मेलन गरी महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी दिएको हो । महोत्सव कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंको ऐतिहासिक पहिचान, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सव काठमाडौंको कला, संस्कृति र सम्पदालाई चलचित्रमार्फत विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । महोत्सवले काठमाडौंभित्र रहेर पनि ओझेलमा परेका कथाको खोजी गर्नुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र गरिमा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सहभागी विदेशी अतिथिहरूले नेपाली कलाकार, चलचित्रकर्मी तथा सिर्जनात्मक उद्योगसँग आबद्ध व्यक्तित्वसँग अन्तरसंवाद, प्यानल छलफल र मास्टर क्लासलगायत कार्यक्रममा सहभागिता जनाउनेछन् । उद्घाटन समारोह, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहनेछन् । अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउने कार्यक्रम छ । भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हा ‘सिर्जनात्मक सहरहरूको प्रवर्द्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा सहभागी हुनुहुनेछ । जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटी सर्ट्ससम्बन्धी परिचयात्मक प्रस्तुति दिनुहुनेछ । कात्तिक १५ गते पर्यटन बोर्डमा विशिष्ट प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म सौन्दर्यशास्त्रको महत्त्व’ विषयमा मास्टर क्लास सञ्चालन गर्ने कार्यक्रम छ । सोही दिन नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफलसमेत हुनेछ । महोत्सवको पहिलो दिन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा तथा उद्घाटन समारोह आयोजना गरिनेछ । समापनका दिन कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट तथा अवार्ड समारोह आयोजना गरिनेछ । सो अवसरमा पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपाली चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुमारी’ चलचित्रको विशेष प्रदर्शनसमेत गरिनेछ । १० नेपाली छोटा चलचित्र प्रदर्शन गरिनेमहोत्सवमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका फिचर फिल्म, कथात्मक चलचित्र, वृत्तचित्र तथा छोटा चलचित्र प्रदर्शन गरिनेछन् । ‘इन्टरनेसनल प्यानोरामा’अन्तर्गत सशक्त कथावस्तु, मौलिक सिर्जनात्मक अभिव्यक्ति र विशिष्ट सांस्कृतिक दृष्टिकोण प्रस्तुत गर्ने समकालीन तथा स्वतन्त्र चलचित्रलाई प्राथमिकता दिइएको छ । ‘नेपाल प्यानोरामा सर्ट्स’ विधाअन्तर्गत स्थानीय नवप्रतिभाले तयार पारेका चलचित्र प्रदर्शन गरिनेछन् । यस विधाका लागि खुला आह्वान गर्दा प्राप्त ७५ चलचित्रमध्ये दशवटा छनोट गरिएको महानगरपालिकाले जनाएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, युवा लक्षित ‘माई कल्चर, माई हेरिटेज’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको पाँच मिनेटसम्मका छोटा भिडियो प्रतिस्पर्धामा प्राप्त ३५ भिडियोमध्ये एघाटवटा छनोट भएका छन् । यस विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल प्यानोरामा सर्ट्समा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बुको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्स : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका छन् । ‘माई कल्चर, माई हेरिटेज’ विधामा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै शहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ प्रदर्शनका लागि छनोट भएका छन् । अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनमहोत्सवको ‘इन्टरनेसनल प्यानोरामा’अन्तर्गत जय नेपाल सिनेमा घरमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन् । प्रदर्शन हुने चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अष्ट्रेलियाली चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अष्ट्रेलिया-मंगोलियाली चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशित अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ र मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ छन् । त्यसैगरी जाङहाङ जुन निर्देशित कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, रीमा दास निर्देशित सिंगापुर-भारतीय चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित जर्मनी–अफगानिस्तानको सहकार्यमा बनेको ‘नो गुड मेन’ तथा फ्रान्सिस फोर्ड कोपोलाको अमेरिकी चलचित्र ‘द गडफादर’ पनि प्रदर्शन गरिनेछन् । समापन अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली र अष्ट्रेलियाली सहकार्यमा बनेको ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गर्ने कार्यक्रम छ । जापानको यामागाता युनेस्को रचनात्मक चलचित्र सहरबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ ।काठमाडौं युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो । चलचित्रलाई समुदाय र शिक्षासँग जोडेर सिर्जनात्मक उद्योगको प्रवर्द्धन गर्ने महानगरपालिकाको प्रयासअन्तर्गत महोत्सव आयोजना गरिएको हो । स्थानीय मौलिकता र पहिचानको संरक्षण गर्दै कलाकार, चलचित्रकर्मी, संघसंस्था तथा महोत्सव आयोजकबीच सहकार्य विस्तार गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ । यसअघि महानगरपालिकाले चलचित्र हेर्ने संस्कृतिको विकास तथा स्थानीय समुदाय, क्लब र संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत सुन्धारा, बागबजार, लगनटोल, खुलामञ्च, बालाजु बाइपास, यट्खा बहालस्थित भाष्करकीर्ति महाविहार तथा मैतीदेवी मन्दिरको खुला चौरलगायत स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो ।महानगरपालिकाले काठमाडौंका सांस्कृतिक सम्पदा र स्थानीय कथालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनुका साथै नेपाली चलचित्र क्षेत्रको सम्भावना पहिचान र अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा महोत्सवलाई विकास गर्ने अपेक्षा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पौष्टिक पेयको विकल्प होइन ‘इनर्जी ड्रिङ्क्स’
ताजा खबरJust now

पौष्टिक पेयको विकल्प होइन ‘इनर्जी ड्रिङ्क्स’

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही जस्ता पौष्टिक पेय पदार्थको विकल्पमा पिउन नहुने... ...

गोरखापत्र
पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल
ताजा खबरJust now

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की। पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको छ। थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफल तथा अन्तरक्रियामा द्विपक्षीय सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। थाइल्यान्डमा लामो समयदेखि बस्दै आउनुभएका नेपालीमूलका देसार सूचना प्रविधि, पर्यटन तथा ...

नेपालन्युज
क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान
ताजा खबरJust now

क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण तिहारअघि नै सार्वजनिक गर्ने सरकारको तयारी छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले... ...

रातोपाटी
चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी
ताजा खबरJust now

चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक १३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएसँग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play