Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण, बढ्यो डलर र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर युरो, कुवेती दिनारसहितका कतिपय मुद्रा भने सस्तिएका छन्। शुक्रबार अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ। हिजो अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७० रुपैयाँ ५१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर २०२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ २१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४९१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५७ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना
ताजा खबरJust now

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आगामी तीन दिनको मौसम सामान्य नै रहने जनाएको छ।  तर, आउँदो बुधबार (कार्तिक ११) गतेदेखि १५ गतेसम्म भने नेपालमा पनि हिउँ र पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।  शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखले भनेको छ, ‘आगामी तीन दिनको मौसम सामान्य नै रहने ... ...

नेपालखबर
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
ताजा खबरJust now

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन... ...

रातोपाटी
जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
ताजा खबरJust now

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

काठमाण्डुपाटी
देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
ताजा खबरJust now

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन

बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play