आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ, उनले भने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको तथा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।’ महर्जनले साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जानकारी दिए । पहाडी भू–भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साताको अन्त्यमा भने पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए । उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू–भागमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आगामी सातामा देशका विभिन्न भू–भागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्
भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ...

पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?
हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी बनेका विद्युतीय उपकरणभित्र अर्बौं रुपैयाँ बराबरको बहुमूल्य सुन र अन्य धातुहरू हुन्छन्। ...

दिल्लीमा स्वर्णिमको प्रश्न : जलवायु सङ्कटबाट भत्किएका पूर्वाधार बनाउन ऋण किन लिने ?
६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा राखेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपालको कुनै गल्ती नै नभएको सङ्कटका कारण भत्किएका पूर्वाधार बनाउन ऋणको भारी बोक्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका हुन्। एसियाकै… ...

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको… ...


