आगलागीबाट एक करोड ५० लाख बढीको क्षति

बाँके।बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ। बिहीबार विहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावट सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए। उनका अनुसार, आगलागीबाट एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आगलागीको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो। नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

‘थुप्रै’मा निःशुल्क पढ्न पाइने दस किताब
दसैँको टीका सकियो, बिदा सकिएको छैन। फुर्सद छ, तर नयाँ किताब किन्न मन छैन? पुस्तक पसल बन्द छन् वा किताब किन्न बजारसम्म पुग्न सक्ने अवस्था छैन? यस्तो बेला मोबाइलमा सामाजिक सञ्जाल चलाएर मात्रै समय बिताउनुपर्दैन। निःशुल्क पढ्न मिल्ने पुस्तकहरू खोज्न सकिन्छ। नेपाली पुस्तकको बिक्री र डिजिटल वितरण गर्दै आएको थुप्रैले आफ्नो वेबसाइटमा निःशुल्क ई-बुकको छुट्टै संग्रह राखेको छ। त्यहाँ नेपाली कविता र दर्शनका ...

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक […] ...
.jpg)
दशैँको उल्लासका बीच पनि जारी छ विदेश पलायन, त्रिभुवन विमानस्थलमा युवाहरूको भीड
परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती दशैँकै बीच विदेश प्रस्थान गरिरहेका छन्। ...

आगलागीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति
राँझा (बाँके), कात्तिक ५ गते । बाँकेको जानकी गाउँपालिका –५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५० लाख भन्दाबढीको क्षति भएको... ...


