Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई परम्परागत आउटसोर्सिङको दायराबाट माथि उठाउँदै अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यको प्रविधि साझेदारका रूपमा स्थापित गर्न कूटनीतिक र व्यावसायिक सहकार्य अपरिहार्य रहेकोमा विदेशी कूटनीतिज्ञ र नेपाली प्रविधि उद्यमीहरूले जोड दिएका छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको ‘नास–आईटी एक्स्पो २०२६’ अन्तर्गत शनिवार भएको पहिलो दिनको प्यानलमा यस्तो धारणा व्यक्त गरिएको हो। ‘पावरिङ नेपाल्स नेक्स्ट इकोनोमी’ मूल नाराका साथ सम्पन्न दुईदिने एक्स्पोमा ‘फ्रम नेपाल टु द वर्ल्ड’, ‘सेलेक्ट यूएसए’ र ‘स्ट्रङ्गर टुगेदरः बिल्डिङ नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा विभिन्न प्यानल छलफल भएका थिए। नास–आईटीका उपाध्यक्ष विभूषण बिष्टले नेपालको प्रविधि उद्योगलाई गुणस्तर र सेवामुखी ‘बुटिक टेक्नोलोजी हब’का रूपमा चिनाउँदै स्विट्जरल्यान्ड र बेलायतमा आयोजित रोड–शोबाट ३४ भन्दा बढी व्यावसायिक सम्पर्क स्थापित भई आम्दानीसमेत सुरु भएको जानकारी दिएका छन्। युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले युरोपमा नेपाली आईटी सेवा र दक्ष जनशक्तिको ठूलो माग रहेको बताएका छन्। युरोपको ‘डिजिटल डिकेड’ योजनाअन्तर्गत सन् २०३० सम्म २ करोड दक्ष आईटी जनशक्ति आवश्यक पर्ने भए पनि करिब ५० लाख जनशक्ति अभाव हुने अनुमान रहेको उल्लेख गर्दै उनले नेपाली कम्पनीहरूका लागि यो सुनौलो अवसर भएको धारणा व्यक्त गरे। तर, २७ देश र ५० करोड उपभोक्ता रहेको युरोपेली बजारमा तथ्यांक सुरक्षा, एआई ऐन र साइबर सुरक्षा ऐनजस्ता कडा नियम रहेकाले लक्ष्य निर्धारण गरी बजार प्रवेश गर्न उनले सुझाव दिए। नेपाल र युरोपेली संघबीचको द्विपक्षीय व्यापार ५० करोड युरोभन्दा कम रहेको अवस्थामा नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा प्रविधि र डिजिटलाइजेसनमार्फत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने राजदूत ह्वाइटलीको भनाइ थियो। युरोपको ‘ग्लोबल गेटवे’ रणनीति हरित र ऊर्जा संक्रमण तथा शिक्षामा केन्द्रित रहेको र ती सबैमा प्रविधिको भूमिका बढेको उनले बताए। उनले परम्परागत आउटसोर्सिङभन्दा बाहिर निस्केर युरोपेली साना तथा मझौला उद्यमसँग ‘नियर–सोर डेलिभरी’ साझेदारी, संयुक्त लगानी (जोइन्ट भेन्चर), सह–उत्पादन विकास तथा एआई, साइबर सुरक्षा, डेटा सेवा, गुणस्तर परीक्षण र एनिमेसन क्षेत्रमा विशिष्टीकृत सहकार्य गर्न सकिने उल्लेख गरे। उनले आगामी १० वर्षमा २२ अर्ब डलरको आईटी निर्यात र ५ लाख रोजगारी सिर्जना गर्ने नेपाल सरकारको लक्ष्य सार्थक बने युवा पलायन रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। बेलायतका राजदूत रोब फेनले प्रविधि भर्चुअल क्षेत्र भए पनि विश्वास निर्माण र बजार विस्तारका लागि प्रत्यक्ष भेटघाट र रोड–शो अझै प्रभावकारी हुने बताए। राजदूत फेनले नेपाल अब केवल ब्याक–अफिस आउटसोर्सिङको गन्तव्य मात्र नरहेको स्पष्ट पार्दै बेलायती र नेपाली कम्पनीहरू एउटै विश्वव्यापी कार्यप्रवाहमा जोडिएर समयको अन्तरलाई अवसरमा बदलिरहेको बताए। बेलायतले नेपालको सार्वजनिक तथा निजी प्रविधि क्षेत्रसँग गरेका पाँच ठोस सहकार्य प्रस्तुत गर्दै उनले निर्वाचन आयोगसँग ‘टिङटिङ’ एपमार्फत तथ्य–जाँच, नेपाल विद्युत् प्राधिकरण र नामीसँग एआईमा आधारित ऊर्जा पूर्वानुमान, विश्व बैंकसँगको सार्वजनिक खरिद अन्तर–सञ्चालन प्रणाली, भोटेकोशी बाढीपछिको मोबाइल ‘सेल ब्रोडकास्टिङ’ पूर्वसूचना र युथ इनोभेसन ल्याबसँग ‘सूचक आईटी’मार्फत विपद् व्यवस्थापनमा काम भइरहेको जानकारी दिए। प्रविधि र एआईले भौगोलिक, वर्गीय र आर्थिक असमानता हटाउँदै समावेशिताको इन्जिनका रूपमा काम गर्नुपर्नेमा जोड दिए। स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युली मोन्टेलियोनीले ज्युरिखमा सम्पन्न नास–आईटी रोड–शोले नेपालको बढ्दो डिजिटल प्रतिभा र स्विट्जरल्यान्डको नवप्रवर्तनशील प्रविधि तथा भेन्चर क्यापिटल इकोसिस्टमलाई जोड्ने पुलको काम गरेको बताइन। राजदत मोन्टेलियोनीले नास–आईटी, नेपाल खुला विश्वविद्यालय र स्विस कन्ट्याक्टको सहकार्यमा सञ्चालित ‘इन्डस्ट्री इन्टिग्रेटेड डिग्री’, ‘नेपाल इम्प्याक्ट इन्भेस्टिङ कम्युनिटी’ र ‘डिजी नेपाल’ परियोजनामार्फत दक्ष जनशक्ति उत्पादन, पुँजी पहुँच र स्विस कम्पनीहरूसँग सह–सिर्जनालाई प्रोत्साहन गरिएको बताइन्। साथै, कोइराला इन्स्टिच्युट र जेनेभा विश्वविद्यालयको सहकार्यमा सर्पको टोकाइ पहिचान गर्ने एआई एप र विपद् पूर्वसूचना प्रणालीमा भइरहेको कामको चर्चा गर्दै उनले सन् २०२६ जुनमा जेनेभामा हुने एआई शिखर सम्मेलन ‘ब्रिजिङ इनोभेसन एण्ड ट्रस्ट’मा नेपाली प्रविधि कम्पनीहरूलाई सक्रिय सहभागी हुन आह्वान गरिन्। नेपालले प्रविधि र साइबर सुरक्षाका नीतिगत आधार मजबुत बनाए विश्व बजारमा आफ्नै एआई समाधान निर्यात गर्न सक्ने विश्वास उनले व्यक्त गरिन्। The post आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
TechnologyJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

६ मंसिर, काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त हुनुभएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण […] The post क्यान महासंघद्वारा इजरायलका ...

आइसिटी फ्रेम
जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो
TechnologyJust now

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट सेवा प्रदायक र इन्टरनेट एक्सचेन्जहरूमा नेटवर्क ट्राफिक ह्वात्तै बढेको छ। नोभेम्बर १८, बुधबारको रात, विश्वभरका गेमरहरूका लागि नयाँ गेम ‘*ग्रान्ड थेफ्ट अटो ६* (*Grand Theft Auto 6*)’ उपलब्ध भएसँगै बेलायतको ग्रामीण क्षेत्रमा फाइबर सेवा प्रदान गर्ने कम्पनी ‘गीगाक्लियर’ ले आफ्नो नेटवर्कमा अहिलेसम्मकै सबैभन्दा बढी व्यस्त रात रेकर्ड गर्‍यो। यस अवधिमा कम्पनीको नेटवर्कमा देखिएको ट्राफिक, सन् २०२६ ...

टेक्नोलोजी खबर
अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक
TechnologyJust now

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर ...

आइसिटी समाचार
दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
TechnologyJust now

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो। अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो। यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement