आईसीयू नहुँदा राप्ती अस्पतालमा गम्भीर बिरामीको उपचार प्रभावित

तुलसीपुर। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) छैन। यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ। लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए। ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसीयु नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।’ अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ। उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसको मर्मत हुन सकेको छैन। मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिए। त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ। अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन्। बाँकी बिग्रिएका छन्। यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताए। यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताए। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिए। हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैयाको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते ...

पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न आइपुगे काठमाडौं
काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्समा अनुबन्ध भएका छन् । फरहानलाई कर्णालीको व्यवस्थापन टोलीले विमानस्थलमा स्वागत गरेको थियो । फरहान यसपटक एनपीएल खेल्ने ठूला स्टार मध्ये एक हुन् । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो ...

विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्य
EPA भोटेकोशी बाढीपछिको पुनर्निर्माणबारे नेपाल सरकार र दातृ निकायलाई सुझाव दिइरहेका एक जना विज्ञले नुवाकोटको विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने हिसाबले दीर्घकालीन नीति अवलम्बन गरिनुपर्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ...

जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्तावित तीन परियोजना स्वीकृत
काठमाडौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छिन् । मन्त्री चौधरीले यस ...


