Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

आईसीटी अवार्ड २०२६ का चार विधामा ५० सेमिफाइनलिस्ट सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईसीटी अवार्ड २०२६ का चार विधामा ५० सेमिफाइनलिस्ट सार्वजनिक
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औँ संस्करणको छनोट प्रक्रिया जारी छ। २०८३ साउनदेखि खुला गरिएको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक गरिएको छ। १४ सदस्यीय विज्ञ जुरी र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी अवार्डको दुई चरणको छनोट प्रक्रियाबाट चार विधामा ५० वटा स्टार्टअप तथा इनोभेसन छनोट भएका हुन्। यी चार विधामा २३० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका थिए। सेमिफाइनलिस्टका रूपमा स्टार्टअप आईसीटी अवार्डतर्फ १० टेक स्टार्टअप, १० सोसल इनोभेसन, १५ प्रडक्ट र १५ राइजिङ स्टार इनोभेसन छनोट भएका छन्। छनोट भएका उत्कृष्ट १० स्टार्टअपमा आशिर्वाद केयर प्रा. लि., एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., फ्युलिङ एम्बिसन्स प्रा. लि., गरुडएक्स मल्टिपर्पस प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि., रेफेरो सोलुसन्स प्रा. लि., समएक्स इन्क प्रा. लि., योद्धा ल्याब प्रा. लि. र जेलियन्ट कम्पनी प्रा. लि. रहेका छन्। त्यस्तै, उत्कृष्ट १० सोसल इनोभेसनमा बारबर्दिया एग्रो-मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम छनोट भएका छन्। त्यसैगरी, उत्कृष्ट १५ प्रडक्टमा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स–सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त-मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस रहेका छन्। उत्कृष्ट १५ राइजिङ स्टार इनोभेसनमा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर-साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप छनोट भएका छन्। उत्कृष्ट पाँचका लागि स्टार्टअप फेस्ट र ग्रान्ड जुरी सेमिफाइनलिस्ट छनोटपछि अब सहभागी टिमहरू स्टार्टअप एन्ड आइडिया फेस्ट र ग्रान्ड जुरी सेसनमा सहभागी हुनेछन्। आगामी मङ्सिरको पहिलो साता आयोजना हुने स्टार्टअप फेस्टमा छनोट भएका सबै ५० टिमले आफ्ना स्टार्टअप तथा इनोभेसन प्रदर्शन गर्नेछन्। ग्रान्ड जुरी सेसनमा सबै सहभागीले जुरी सदस्यहरूसमक्ष प्रस्तुति दिने र स्पिड डेटिङमा सहभागी हुने अवसर पाउनेछन्। यी प्रक्रिया सम्पन्न भएपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच छनोट गरिनेछ। छनोट भएका टिमहरू ग्रान्ड फिनालेमा सहभागी हुनेछन्। उत्कृष्ट पाँच छनोट भएपछि पनि सर्वोत्कृष्ट टिम तथा इनोभेसन पहिचान गर्न फिल्ड भिजिट र पब्लिक भोटिङ सञ्चालन गरिने आयोजकले जनाएको छ। यसैगरी, व्यक्तिगत अवार्ड विधा (ट्र्याक बी) अन्तर्गत पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड र प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड (वुमन) रहेका छन्। संस्थागत अवार्ड विधा (ट्र्याक सी) अन्तर्गत डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस (इमर्जिङ सेक्टर) आईसीटी अवार्ड र डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) आईसीटी अवार्ड रहेका छन्। यी विधाको छनोट प्रक्रिया पनि जारी रहेको आयोजकले जनाएको छ। दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआई इनोभेसन आईसीटी अवार्ड २०२६ पनि सञ्चालन भइरहेका छन्। यी विधाहरूको छनोट प्रक्रिया पनि जारी छ। छनोट प्रक्रियामा नेपालका १४ जना विज्ञसहित अन्य देशका अन्तर्राष्ट्रिय जुरी सदस्य सहभागी छन्। साथै, १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डमा विभिन्न संस्थाको सहकार्य रहनेछ। सन् २०१६ मा सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष थप परिष्कृत र विस्तारित स्वरूपमा आयोजना हुँदै आएको छ। आयोजकले आईसीटी अवार्डको छनोट प्रक्रिया नेपालमा आयोजना हुने अवार्डहरूमध्ये सबैभन्दा बृहत्, निष्पक्ष र पारदर्शी रहेको दाबी गरेको छ। अवार्डको छनोट प्रक्रियाअन्तर्गत विभिन्न २५ चरणमा जुरी समितिका बैठक तथा प्रस्तुति सत्र सञ्चालन हुनेछन्। विस्तृत जानकारीका लागि www.ictaward.org हेर्न सकिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
Latest NewsJust now

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ ।... ...

रातोपाटी
ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र
Latest NewsJust now

ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र

विगत केही वर्षयता नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । ‘जेन–जी’ आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै सार्वजनिक ऋण परिचालनको गति झनै तीव्र भएको सरकारी तथ्यांकले नै देखाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । यो नेपालको इतिहासमै सार्वजनिक ऋणको सबैभन्दा उच्च ...

हिमालय टाइम्स
पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते
Latest NewsJust now

पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रो बस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ... ...

नेपालखबर
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
Latest NewsJust now

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरी चौकीभन्दा फरक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play