Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे। सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने गरेको उल्लेख गर्दै उनले सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गरे। शर्माले मुलुकका वास्तविक समस्या र राष्ट्रिय प्राथमिकतालाई बेवास्ता गरेर सरकार आईजीपी हटाउने विषयमा केन्द्रित भएको आरोप लगाए। भोटेकोशी विपत्तिको पीडा र आगामी कोप–३१ सम्मेलनको तयारी जस्ता विषय सरकारको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ थियो। उनले वर्तमान सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताए। विगत ७५ वर्षको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न नपाएको उल्लेख गर्दै उनले वर्तमान प्रधानमन्त्रीले भने पूरा कार्यकाल सरकार चलाउन पाउनु पर्ने धारणा राखे। कांग्रेस सरकार ढाल्ने वा सत्तामा पुग्नेभन्दा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न केन्द्रित रहेको शर्माले स्पष्ट पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक
Latest NewsJust now

राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक

काठमाडौँ । म्युजिक नेपालले 'लम्क लम्क..' बोलको राष्ट्रिय गीत बजारमा ल्याएको छ। राजेश एकलको शब्द तथा सङ्गीतमा सजिएको यस देशभक्तिपूर्ण गीतमा गायक सञ्जय खड्गी र गायिका प्राश्ना शाक्यले आफ्नो स्वर... ...

रातोपाटी
नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए
Latest NewsJust now

नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए

काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट सेवा १८ दिनको अवधिमा ११ हजार... ...

रातोपाटी
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ५० हजार जरिवाना गरेको छ। बेल्जियमका दुई नागरिकलाई आवश्यक पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई जरिवाना गरिएको विभागले जनाएको छ । एजेन्सीलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम कारबाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय ...

नेपालन्युज
फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय
Latest NewsJust now

फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय

काठमाडौँ । बिचौलियासँगको अवाञ्छित संवाद, गोप्य भेटघाट र आर्थिक लेनदेनको गम्भीर आरोपमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँल मुछिएपछि उत्पन्न न्यायिक संकटले नयाँ मोड लिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play