काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयमा पार्टीको कुनै निर्देशन नरहेको बताएका छन्। उनले आईजीपी हेरफेरबारे पार्टीलाई जानकारी नभएको उल्लेख गर्दै उक्त निर्णय पार्टीको निर्देशनअनुसार नभएको स्पष्ट पारे। पत्रकार पक्राउ परेको घटनामा भने पार्टीले दोषीलाई कारबाही गर्न निर्देशन दिएको खरेलले बताए। तर आईजीपी हटाउने वा नयाँ नियुक्ति गर्ने विषयमा पार्टीले कुनै निर्देशन नदिएको उनको भनाइ छ। यसअघि मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारकै निर्देशनमा आईजीपी फेरबदल गरिएको बताएका थिए।
आईजीपी परिवर्तनमा पार्टीको भूमिका छैन : रास्वपा

Read Complete Original Article
Published originally on नेपालन्युज






