Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए

आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए

एप्पलले आईओएस २७.२सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध गर्न सक्नेछन्। ९टूम्याकका अनुसार, नयाँ अपडेटमा एप्पलले पोडकास्ट एपको होम ट्याब पुनः डिजाइन गरेको छ। यसअघि रहेको ‘अप नेक्स्ट’ खण्ड हटाएर त्यसको ठाउँमा ‘न्यु एपिसोड्स’ र ‘कन्टिन्यु प्लेइङ’ खण्ड राखिएको छ। ‘न्यु एपिसोड्स’ मा आफूले सुन्दै आएका कार्यक्रमका नयाँ एपिसोड भेट्न सकिन्छ। त्यस्तै, ‘कन्टिन्यु प्लेइङ’ खण्डबाट पहिले सुन्न छाडेको स्थानदेखि नै पोडकास्टलाई निरन्तरता दिन सकिन्छ। इन्ग्याजेटका अनुसार अपडेटसँगै कारप्लेमा उपलब्ध सिरी एआईले यसअघिका कुराकानी सम्झन सक्ने सुविधा पनि पाएको छ। उदाहरणका लागि, प्रयोगकर्ताले अघिल्लो पटक सिरीले सिफारिस गरेको क्याफेबारे फेरि जानकारी माग्न सक्नेछन्। सिरीले अब थप स्रोतबाट जानकारी लिएर विस्तृत जवाफ दिन सक्नेछ। यसका लागि भ्वाइसमेल, सफारी ब्राउजरको हिस्ट्री, रिडिङ लिस्ट, क्यालेन्डरमा भएका कार्यक्रमका सहभागी तथा मेसेजमा संलग्न तस्बिरसमेत प्रयोग गर्न सकिने जनाइएको छ। आईओएस २७.२मा म्युजिक एपको आइकन पनि परिवर्तन गरिएको छ। यसअघि रातो रङमा रहेको आइकनलाई सामान्य रङ संयोजनमा परिवर्तन गरिएको छ। अब लाइट मोडमा सेतो पृष्ठभूमिमा कालो सङ्गीत चिह्न र डार्क मोडमा कालो पृष्ठभूमिमा सेतो चिह्न देखिन्छ। यद्यपि, नयाँ अपडेटपछि केही प्रयोगकर्ताले कारको इन्फोटेनमेन्ट प्रणालीमा एप्पल टिभी सुविधा प्रयोग गर्न नसकेको गुनासो गरेका छन्। कारप्लेसम्बन्धी रेडिट समुदायमा सार्वजनिक प्रतिक्रियाअनुसार, अपडेटपछि कारको स्क्रिनमा भिडियो चलाउन प्रयोग हुने उक्त सुविधा काम नगरेको रिपोर्ट गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा होइन भन्नेबारे भने स्पष्ट जानकारी छैन। The post आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

चक्रवात ‘अर्नब’को प्रभाव: सरकारको उच्च सतर्कता, निकायलाई तयारी अवस्थामा रहन निर्देशन
प्रविधिJust now

चक्रवात ‘अर्नब’को प्रभाव: सरकारको उच्च सतर्कता, निकायलाई तयारी अवस्थामा रहन निर्देशन

१२ कात्तिक, काठमाडौं। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए […] The post चक्रवात ‘अर्नब’को ...

आइसिटी फ्रेम
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा चितवनका सेवाग्राही समस्यामा
प्रविधिJust now

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा चितवनका सेवाग्राही समस्यामा

चितवन जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन्। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक ...

टेक्नोलोजी खबर
राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा
प्रविधिJust now

राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखासम्बन्धी सम्पूर्ण प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।विश्वविद्यालय स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीलाई अनलाइन माध्यमबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्क लागू गर्ने योजना सार्वजनिक गरिएको हो ।विश्वविद्यालयले डिजिटल ...

आइसिटी समाचार
कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड
प्रविधिJust now

कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड

१२ कात्तिक, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले टर्किए (टर्की) को अन्तालियामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा […] The post कोप–३१ मा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play