Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरमा नेपाली खेलाडीको नाम समावेश गरिएको हो । आगामी सिजनको अक्सनका लागि विश्वभरबाट कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमध्ये ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् । विदेशी खेलाडीको सूचीमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बाट समान १०-१० खेलाडीले नाम दर्ता गराएका छन् । नेपालभन्दा बढी खेलाडी दर्ता गराउने एसोसिएट राष्ट्रमा अमेरिकामात्रै छ । अमेरिकाबाट १३ खेलाडीले नाम दर्ता गराएका छन् । यस्तै, नेदरल्याण्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्याण्डबाट समान दुई खेलाडी अक्सनका लागि दर्ता भएका छन् । समग्रमा अक्सन रजिस्टरमा ४२ एसोसिएट राष्ट्रका खेलाडी समेटिएका छन् । अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन् । त्यसपछि बाँकी रहेको स्थानका लागि अक्सन हुनेछ । उपलब्ध विवरणअनुसार अक्सनबाट अधिकतम ६६ खेलाडी छनोट हुनेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । नेपालबाट १० खेलाडीले नाम दर्ता गराए पनि उनीहरूमध्ये कति जना अन्तिम अक्सन सूचीमा समावेश हुन्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ । अन्तिम सूचीमा परेपछि मात्रै नेपाली खेलाडीले आइपिएलका विभिन्न फ्रेन्चाइज टोलीबाट छनोट हुने अवसर पाउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा
Latest NewsJust now

प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । कमेडी जनरामा निर्माण भएको चलचित्रका विभिन्न ...

हिमालय टाइम्स
युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत
Latest NewsJust now

युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत

काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । पत्रकारिता ...

हिमालय टाइम्स
दशौं राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि आर्मीको जित, कोशी र बागमतीले बाँडे अंक
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि आर्मीको जित, कोशी र बागमतीले बाँडे अंक

सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । बुधबार सुर्खेतमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्‍यो । आर्मीका लागि भरत खवासले खेलको २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । ...

हिमालय टाइम्स
गेलेफु टी-२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा
Latest NewsJust now

गेलेफु टी-२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडौं । भुटानमा आयोजना हुने गेलेफु मेन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि घोषित टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रूपेश सिंह, ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement