काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमांक रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ । योजनाका प्रमुख विशेषतामा सहज बीमा शुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमा लेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् । योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम् बीमांक रकम २५ हजार हुनेछ । साथै, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमा शुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजकिरिया खर्च जस्ता थप सुविधासमेत उपलब्ध हुनेछन् । योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताउनुभयो । बीमा लेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न योजनाले सहयोग पुर्याउने उहाँको भनाइ थियो । योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दीगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।
आइएमई बिग सावधिक जीवन बीमा योजना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






