आइएचएफ नेसन्स वुमेन्स ट्रफी: माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन् । नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ । बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन् । टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन् । आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ मा नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ । The post आइएचएफ नेसन्स वुमेन्स ट्रफी: माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ । सोमबार ओमानको अल अमेरातमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित... ...

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात
काठमाडौं। जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लाहरूमा निर्यात भएको छ। कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। हाल किसानहरूले बगैँचाबाटै प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार तातोपानी गाउँपालिका-६ ...

खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै महिला किसान
रुपन्देही। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिए । ‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छाैँ, अध्यक्ष शाहले भने, ‘यो वर्षको दसैँ–तिहारमा ...

शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लिग २ क्रिकेट
सोमवार भएको एक रोमाञ्चक खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी विश्व कप लिग २ मा छैठौँ स्थान सुरक्षित गरेको छ।पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७० रनमा रोक्दै नेपालले महत्पूर्ण २ अङ्क हात पारेको हो ।यो जितसँगै अङ्कतालिकामा नेपालको ३० अङ्क पुगेको छ भने ...


