शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लिग २ क्रिकेट

सोमवार भएको एक रोमाञ्चक खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी विश्व कप लिग २ मा छैठौँ स्थान सुरक्षित गरेको छ।

पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७० रनमा रोक्दै नेपालले महत्पूर्ण २ अङ्क हात पारेको हो ।

यो जितसँगै अङ्कतालिकामा नेपालको ३० अङ्क पुगेको छ भने सातौँ स्थानमा झरेको क्यानडाको २९ अङ्क रहेको छ।

एनपीएल सीजन ३: चर्चित विदेशी खेलाडीहरू कोको आउँदै छन्

एसियाली खेलकुद: सहोदर दाजुभाइका जुडो सङ्घर्षका फरक कथा

ओडीआई हैसियतमा कस्तो प्रभाव?

छैटौँ स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिएको ठानिएको छ।

लिग २ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहने टोलीको ओडीआई मान्यता कायम रहने व्यवस्था रहेको बताइएको छ। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसबारे आधिकारिक घोषणा गरिसकेको छैन।

क्रिकेट अधिकारीहरूका अनुसार आईसीसीले यससम्बन्धी घोषणा चाँडै गर्ने अपेक्षा गरिएको छ।

देव, रोहित र दीपेन्द्रको अर्धसतक

नेपालका लागि देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले। अर्जुन कुमालको स्थानमा टोलीमा आएका ओपनर देव खनालले ५७ रन बनाउँदै नेपालको इनिङ्स सम्हाले।

नेपालको इनिङ्स उकास्न रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको साझेदारी निर्णायक बन्यो। यी दुईले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे।

रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए। त्यस्तै, दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन जोडे। बसिर अहमदले ७ बलमा १७ रन बनाए।

प्रिमिअर कप उपाधि जितसँगै नेपाल एसिया कपमा पनि छनोट

एन्फा अझै निलम्बनमा, फुकुवा गर्ने उपाय के छन्

यसअघि जारी शृङ्खलाका तीन खेलमध्ये नेपालले दुई खेल जितेको थियो। तर क्यानडासँगको तेस्रो तथा महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको थियो।

सोमवारको खेल ओमानभन्दा नेपाल र क्यानडाका लागि बढी महत्त्वपूर्ण थियो। नेपाल पराजित भएको भए क्यानडा छैटौँ स्थानमा रहन सफल हुने थियो।

यता, ओमान लिग तालिकाको चौँथो स्थानमा छ। ओमानले अझै एक शृङ्खला खेल्न बाँकी रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
राँझा – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । ‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण […] ...

नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी
काठमाडौँ । नेपाली क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध जित हासिल गरेसँगै छैटौँ स्थानमा रहेर नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै खुसी... ...

बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ
काठमाडौं । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ। पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका ...

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए
गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य... ...