मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यलाई खुद्रा व्यापार क्षेत्रमा हुने अपराध र हिंसात्मक घटनाको प्रमुख केन्द्रका रूपमा चित्रण गरिएको छ । सुपरमार्केट तथा खुद्रा व्यवसायमा चोरी, धम्की, दुर्व्यवहार र कर्मचारीमाथि हुने आक्रमणका घटना बढ्दै गएपछि व्यवसायीहरूले सुरक्षा व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन् । अस्ट्रेलियन रिटेल काउन्सिलका अनुसार भिक्टोरियाका खुद्रा पसल तथा व्यापारिक क्षेत्रमा सन् २०२६ को जुनसम्मको १२ महिनामा कुल ९६ हजार ८ वटा आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये ५ हजार १२० वटा कुटपिट तथा आक्रमणसम्बन्धी घटना रहेका छन् । यसको अर्थ खुद्रा व्यापारिक क्षेत्रमा दैनिक औसत १४ वटा आक्रमणका घटना हुने गरेका छन् । अस्ट्रेलियाका प्रमुख सुपरमार्केटमध्ये वुलवथ्र्सले सन् २०२६ मा आफ्ना भिक्टोरियास्थित स्टोरहरूमा कर्मचारीमाथि हिंसा तथा आक्रामकतासम्बन्धी करिब दुई हजार घटना भएको जनाएको छ । कम्पनीका अनुसार सन् २०२० को तुलनामा यस्ता घटना ४६० प्रतिशतले बढेका छन् ।
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






