अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले विश्व राजनीति नै अल्गोरिदमको प्रभावमा पर्दै गएको बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमा छाडा गालीगलौज र उत्तेजक सामग्री प्रस्तुत गर्नेहरूले समेत दुई तिहाइ मत पाइरहेको टिप्पणी गर्नुभयाे । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको र त्यसको प्रभाव नेपालको राजनीतिमा समेत देखिएकाे थापाले बताउनुभयाे। विश्वभरका मतदातामा परम्परागत राजनीतिक दलले समस्याको समाधान गर्न सक्दैनन् भन्ने धारणा बढ्दै गएको उहाँकाे भनाइ छ । थापाले युरोपका विभिन्न १४–१५ वटा निर्वाचनसम्बन्धी सर्वेक्षणमा परम्परागत राजनीतिक दलको मतदाता आधार ३० प्रतिशतले घटेको उल्लेख गर्नुभयाे। ब्राजिलको निर्वाचनको उदाहरण दिँदै उहाँले सामाजिक सञ्जालमा बन्दुक पड्काएको, गरिबलाई मार्नुपर्ने भन्दै अपशब्द प्रयोग गरेका भिडियो पोस्ट गर्नेहरू नै ठूलो मतान्तरसहित विजयी हुने अवस्था देखिएको बताउनुभयाे । ‘ग्लोबल पोलिटिक्स नै अल्गोरिदमले लतारिरहेको छ,’ थापाले भन्नुभयाे । सामाजिक सञ्जालमा प्रस्तुत हुने सामग्री र त्यसले मतदाताको सोच तथा राजनीतिक निर्णयमा पार्ने प्रभावप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयाे। नयाँ र पुरानो राजनीतिको नाममा समाज तथा राजनीति विभाजित भइरहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले सबैलाई सँगै लिएर अघि बढ्न सक्ने बताउनुभयाे। बदलिँदो राजनीतिक परिवेशमा पार्टीले आफ्नो विचार, संगठन र नेतृत्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनमा आफूले समर्थन गरेका कतिपय उम्मेदवार पराजित भएको प्रसंग उल्लेख गर्दै थापाले आन्तरिक प्रतिस्पर्धाको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयाे। आफूले मत दिएका केही उम्मेदवार निर्वाचित हुन नसकेको र मत दिन छुटाएका केही उम्मेदवार निर्वाचित भएको उहाँले सुनाउनुभयाे । ‘जित्नेले हस्तिनापुर नै जित्यो, हार्नेले सबै गुमायो भन्ने होइन, यो आन्तरिक प्रतिस्पर्धा हो, सबैलाई मैले मिलाएर लैजानुपर्नेछ’, उहाँले भन्नुभयाे । महाधिवेशनमा प्रतिस्पर्धा नगरेका वा प्रतिस्पर्धा गरेर पनि निर्वाचित हुन नसकेका नेताहरूलाई अयोग्यका रूपमा हेर्न नहुने उहाँको भनाइ छ। पार्टीभित्रको प्रतिस्पर्धापछि सबैलाई समेटेर अघि बढ्नु आफ्नो जिम्मेवारी रहेको उहाँले बताउनुभयाे। थापाले पार्टीको आगामी यात्रामा विचार, संगठन र नेतृत्वलाई प्राथमिकतामा राख्दै आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयाे।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा मिसबाह उल हक नियुक्त
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन् । पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० ...

मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा
जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का चार मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक […] ...

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय, विपद् प्रभावित परिवारलाई मासिक १५ हजार
काठमाण्डु – सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जापान सरकारबाट प्राप्त हुने २९५ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य […] ...

मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय ?
सरकारले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जापान सरकारबाट प्राप्त हुने २९५ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपत्कालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० ...


