Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अलपत्र १९ आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने

अलपत्र १९ आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलपत्र १९ आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा सडक तथा पुल आयोजना सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएकाे छ । उहाँले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम पूरा गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पार्नुभएको छ । शुक्रबार बिहान ११ बजे भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आयोजनामा भएको छलफलमा मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य निर्माण व्यवसायीसँग ठेक्का तोड्नु नभई उनीहरूबाटै आयोजना सम्पन्न गराउनु रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीका समस्या सुन्न र समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै आयोजनास्थलमा देखिएका प्रशासनिक, प्रक्रियागत तथा अन्य अवरोध हटाउन मन्त्रालय र सम्बन्धित कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘सरकारको उद्देश्य ठेक्का तोड्ने होइन, व्यवसायीबाटै काम सम्पन्न गराउने हो । काम गर्न के समस्या छ भन्नुस्, समाधानका लागि सरकार तयार छ,’ उहाँले भन्नुभयो, ‘तर काम सम्पन्न हुने आधारबिना म्याद थप गर्ने पक्षमा सरकार छैन ।’ मुख्यमन्त्री शाहीले विगतमा सहज रूपमा ठेक्काको म्याद थप्ने अभ्यास भए पनि अब त्यसरी निर्णय नहुने बताउनुभयो । आयोजनाको भौतिक प्रगति, बाँकी काम सम्पन्न गर्न सकिने अवस्था र निर्माण व्यवसायीको प्रतिबद्धताका आधारमा मात्रै म्याद थपलगायतका विषयमा निर्णय गरिने उहाँको भनाइ थियो । काम गर्न नसक्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्न सरकारलाई कानुनी कठिनाइ नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । तर काम सम्पन्न गर्न सक्ने अवस्था भएका आयोजनामा आवश्यक सहजीकरण गरेर निर्माणलाई निरन्तरता दिने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जिम्मेवारी पूरा नगर्ने व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिनुभयो । उहाँकाअनुसार आयोजनामा देखिएका समस्या समाधानका लागि सम्बन्धित कार्यालय, मन्त्रालय र प्रशासनसँग समन्वय गर्न सरकार तयार छ । खानेपानी, विद्युत्, जग्गा प्राप्ति वा अन्य प्रक्रियागत समस्या भए निर्माण व्यवसायीले स्पष्ट रूपमा राख्नुपर्ने उहाँले बताउनुभयो । ‘हामीले तपाईंहरूलाई काम गर्न हात दिएका छौँ । अब काम गर्ने जिम्मेवारी तपाईंहरूको हो । तपाईंहरूबाटै काम गराउने सरकारको अपेक्षा छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो । उहाँले आयोजना सम्पन्न गर्न निर्माण व्यवसायी, मन्त्रालयका अधिकारी र कार्यालय प्रमुख सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । काम गर्न सक्ने अवस्था हुँदाहुँदै निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई भने सरकारले छुट दिन नसक्ने उहाँको भनाइ थियो । छलफलमा निर्माण व्यवसायी, आयोजना कार्यान्वयन गर्ने कार्यालयका प्रमुख, मन्त्रालयका अधिकारी तथा मुख्यमन्त्रीको सहभागिता थियो । बैठकमा लामो समयदेखि निर्माण रोकिएका सडक तथा पुल आयोजनाको वर्तमान अवस्था, निर्माणमा देखिएका समस्या, म्याद थपको अवस्था र काम सम्पन्न गर्ने उपायबारे छलफल भएको थियो । कर्णाली प्रदेशका आठ जिल्लामा १९ वटा सडक तथा पुल आयोजना वर्षौँदेखि निर्माण सम्पन्न हुन सकेका छैनन् । केही आयोजनाको भौतिक प्रगति न्यून छ भने केहीको निर्माण कार्य सुरु हुनसमेत सकेको छैन । अलपत्र आयोजनाको निर्माणलाई गति दिन प्रदेश सरकारले निर्माण व्यवसायीलाई जिम्मेवार बनाउँदै आवश्यक सहजीकरण गर्ने नीति अघि सारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
ताजा खबरJust now

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको ...

केन्द्रबिन्दु
कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक
ताजा खबरJust now

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक

प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । ...

कान्तिपुर
सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?
ताजा खबरJust now

सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?

• सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। • एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार उल्लंघन गरेको र निर्देशन पालना नगरेको बताइएको छ। • मन्त्रालयले एनप्याब्सनको कार्यशैली विपरीतका गतिविधिहरूको कारण निलम्बन गरिएको जानकारी दिएको छ। ...

नेपालबहस
नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग
ताजा खबरJust now

नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ । सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play