अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

काठमाडौँ। अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। आज राति पनि देशभर आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बार्सिलोना फेरि जितको बाटोमा
काठमाडौं । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ । एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका ...

बन्न नसकेका चक्रपथ
विश्वमै सहरी पूर्वाधारमा अनेक अभ्यास प्रचलनमा छन् । ठुला सहर तथा निश्चित क्षेत्रको यातायात प्रणालीलाई सुव्यवस्थित गर्न सहरवरिपरि घेराबद्ध फराकिला सडक अर्थात् चक्रपथ प्रचलित पाइन्छ... ...

आज काठमाडौँमा हरियो तरकारी, फलफूल र माछाको थोक मूल्य प्रतिकेजी कति होला ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो ...

विपतमा स्थानीय नेतृत्व
विसं २०८३ भदौ १० मा रसुवाको भोटेकोशीबाट सुरु भई त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढी तथा २०८३ असोज २५ मा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा गएका त... ...


