Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

10/23/2026, 12:59:35 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा भारतीय विदेशमन्त्री डा. जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री डा. वाग्ले अतिथि वक्ताका रुपमा थिए । अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा बहुपक्षीयतालाई प्राथमिकता दिएको स्मरण गर्दै पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको उल्लेख गरे । उनले व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेको अवस्थामा विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखे । डा वाग्लेले अन्तरराष्ट्रिय सहकार्यका विभिन्न प्रयासलाई औपचारिक संस्थागत संरचनाले बलियो बनाउनुपर्ने हो वा साझेदार मुलुकबीचको समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरे । “के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?” अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागे । जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए । उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्ने क्रममा आपसी वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ । औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने उल्लेख गर्दै उनले सबै सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको धारणा राखे । अन्तरराष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए । जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे । उनले ब्रिक्स र सांघाई सहयोग सङ्गठनको संरचनाबीच रहेको भिन्नतालाई औँल्याउँदै सहकार्यका सबै संयन्त्रको स्वरूप एउटै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे । ‘तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ भारतीय मन्त्री जयशंकरले भने । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए । यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए । उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले विपद् आएको केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए । विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित उक्त संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिबारे दुई नेताबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
OthersJust now

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

६ कात्तिक, बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ । पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै… ...

अनलाइन खबर
सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्
OthersJust now

सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ...

अनलाइन खबर
पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?
OthersJust now

पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?

हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी बनेका विद्युतीय उपकरणभित्र अर्बौं रुपैयाँ बराबरको बहुमूल्य सुन र अन्य धातुहरू हुन्छन्। ...

अनलाइन खबर
दिल्लीमा स्वर्णिमको प्रश्न : जलवायु सङ्कटबाट भत्किएका पूर्वाधार बनाउन ऋण किन लिने ?
OthersJust now

दिल्लीमा स्वर्णिमको प्रश्न : जलवायु सङ्कटबाट भत्किएका पूर्वाधार बनाउन ऋण किन लिने ?

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्‌बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा राखेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपालको कुनै गल्ती नै नभएको सङ्कटका कारण भत्किएका पूर्वाधार बनाउन ऋणको भारी बोक्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका हुन्। एसियाकै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play