अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् । यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी थिए । बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् । उक्त सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा. वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो । उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि वाग्ले अतिथिको रुपमा कार्यक्रममा सहभागी थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्
भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ...

पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?
हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी बनेका विद्युतीय उपकरणभित्र अर्बौं रुपैयाँ बराबरको बहुमूल्य सुन र अन्य धातुहरू हुन्छन्। ...

दिल्लीमा स्वर्णिमको प्रश्न : जलवायु सङ्कटबाट भत्किएका पूर्वाधार बनाउन ऋण किन लिने ?
६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा राखेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपालको कुनै गल्ती नै नभएको सङ्कटका कारण भत्किएका पूर्वाधार बनाउन ऋणको भारी बोक्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका हुन्। एसियाकै… ...

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको… ...


