Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्री वाग्लेलाई रास्वपाकाे बधाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्लेलाई रास्वपाकाे बधाई
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई बधाई ज्ञापन गरेको हो । अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उनलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई बधाई ज्ञापन गरेका हुन् । उनी सो पार्टीको उपसभापति हुन् । महामन्त्री आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा वाग्लेले रसुवा र भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन, अन्तरराष्ट्रिय प्रणालीगत सुधारलगायतका क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको बताइएको छ । “हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उनले गरेकाे पैरवीले नेपालको अवस्थाका बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ”, महामन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रास्वपाले वाग्लेको प्रयासको सम्मानमात्र नभई जलवायु सङ्कटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिका-इरान युद्ध अन्योल
Latest NewsJust now

अमेरिका-इरान युद्ध अन्योल

अमेरिका र इजरायलको सैन्य आक्रमणपछि सुरु भएको युद्धले इरानलाई मात्र होइन, विश्व ऊर्जा बजार, मध्यपूर्वको सुरक्षा र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई समेत अनिश्चित मोडमा पुर्‍याएको छ। युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासले ठोस परिणाम दिन सकेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य दबाब, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सुरक्षा रणनीति र इरानको प्रतिरोधी अडानबीच शान्तिको बाटो झन् कठिन बन्दै गएको छ। रणभूमिमा ...

नेपालन्युज
१७ हजार घण्टा आकाशमा उडेका शैलेशको तिहार
Latest NewsJust now

१७ हजार घण्टा आकाशमा उडेका शैलेशको तिहार

काठमाडौँ । बुद्ध एयरका पाइलट शैलेश निरौलाले पछिल्लो २० वर्षमा जम्मा २ पटक मात्र बहिनीसँग भाइटीका लगाउन पाए । बाँकी १८ वर्ष उनले बहिनीको हातबाट टीका लगाउन पाएनन् । तिहारमा आफूले... ...

रातोपाटी
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
Latest NewsJust now

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ । काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले ...

केन्द्रबिन्दु
पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play