Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएपछि राजनीतिक वृत्तमा विवाद भएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै डा. वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने र आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्। उनीहरूले भारतसँग सीमा, डुबान र नाकाबन्दीजस्ता विषयमा नेपालको हितका लागि आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको तर्क गरेका छन्। बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा हुने वा नहुने बारे समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ’अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने? मनरो डक्ट्रिन अर्थमन्त्रीको भनाइले त्यो राष्ट्रघात हुन्छ। धन्न ग्रेटर नेपालको नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो ।’ त्यसैगरी राप्रपा नेता कमल थापाले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको उल्लेख गर्दै राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने तर्क गैरजिम्मेवार भएको बताएका छन् । थापाले लेखेका छन्– ’नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’ उनले सीमासम्बन्धी विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन् । थापाले वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्– ’के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन ? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो ?’ The post अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

रातोपाटी
कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
ताजा खबरJust now

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश

बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

रातोपाटी
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

लोकपथ
नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
ताजा खबरJust now

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play