अर्को सातादेखि देशका धेरै ठाउँमा वर्षाको सम्भावना, धान काट्न किसानलाई सुझाव

काठमाडौं । आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी मंगलबारदेखि एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको हो। मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले देशका विभिन्न स्थानमा वर्षा हुने संकेत देखाएका छन्। केही क्षेत्रमा भारी वर्षा र असिनासमेत पर्न सक्ने अनुमान गरिएको छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत नतिजा सार्वजनिक गर्दै वर्षाको सम्भावनाबारे जानकारी दिएका हुन्। यद्यपि, विभिन्न मोडेलले वर्षा हुने स्थान र त्यसको मात्राबारे फरक–फरक अनुमान गरेकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको उनले बताएका छन्। सम्भावित वर्षालाई ध्यानमा राख्दै मौसमविद् पोखरेलले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न सुझाव दिएका छन्। आगामी मंगलबारदेखि वर्षा हुने सम्भावना रहेकाले त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन सकिने किसानले समयमै तयारी गर्नुपर्ने उनको भनाइ छ। धान काट्न बाँकी रहेका किसानले वर्षाको सम्भावना र मौसमको पछिल्लो अवस्थालाई ध्यानमा राखेर उपयुक्त समय निर्धारण गर्नुपर्ने देखिएको छ। असिनासहित वर्षा भएमा धानबालीमा क्षति पुग्न सक्ने भएकाले थप सावधानी अपनाउन आवश्यक छ। त्यस्तै, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा यात्रा तथा पदयात्रामा जोखिम बढ्न सक्ने भएकाले घुमफिरको योजना बनाएकाहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ। यात्रामा निस्कनुअघि मौसमको पछिल्लो पूर्वानुमान र आधिकारिक सूचनाको जानकारी लिन सुझाव दिइएको छ। मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणले नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आवश्यक छ। The post अर्को सातादेखि देशका धेरै ठाउँमा वर्षाको सम्भावना, धान काट्न किसानलाई सुझाव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ ...

रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम
काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ । रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी ...

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ। धेरै बस्ती पहिरोको ...


