Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अरुको दसैँ, थारू समुदायको डश्या

अरुको दसैँ, थारू समुदायको डश्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
अरुको दसैँ, थारू समुदायको डश्या

कैलाली। थारू समुदायमा डश्या (दसैँ) को आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने गरिए पनि थारू समुदायका अगुवाहरूका अनुसार यी दुई पर्वको परम्परा र मनाउने विधि फरक छन्। दसैँको तिथि पात्रोअनुसार निर्धारण गरिन्छ भने डश्यामा चन्द्रमाको अवस्थालाई आधार मानेर तिथि मिलाउने चलन छ। डश्याको आफ्नै रीतिथिति र सांस्कृतिक मान्यता छन्। थारू समुदायमा डश्याको चहलपहल असोजको पहिलो ओजरियाको दोस्रो दिनदेखि सुरु हुन्छ। यो चलन अहिलेसम्म पनि कायम छ। पात्रोअनुसार पहिलो ओजरियामा जुन दिन घटस्थापना पर्छ, त्यस दिन गैरथारू समुदायले जमरा राख्ने गर्छन्। तर थारू समुदायमा भने दोस्रो दिन मात्रै जमरा राख्ने चलन छ। समुदायको परम्पराअनुसार डुटिया (जुन) नहेरी जमरा राख्नु हुँदैन भन्ने मान्यता छ। यद्यपि, दहित समुदायमा भने घटस्थापनाकै दिन जमरा राख्ने चलन पहिलेदेखि नै रहँदै आएको छ। अष्टमीको साँझ देवतालाई ढिक्री चढाउने चलन छ। थारू समुदायमा यस दिनलाई ‘ढिक्राहुवा’ भनिन्छ। थारू समुदायमा जुन देखिएको सप्तमीका दिन घरआँगन सफा गर्ने, देवथान लिपपोत गर्ने, देवता नुहाउने, पिठो पिसाउने र पैनसटोपी (ढिक्री पकाउने भाँडो) धुने गरिन्छ। यो दिन स्वर्गीय पुर्खाहरूलाई पातनबाट निम्तो गर्ने संकेतका रूपमा लिइन्छ। अष्टमीमा ढिक्री, नवमीमा पुर्खालाई बिदाइ अष्टमीको साँझ देवतालाई ढिक्री चढाउने चलन छ। थारू समुदायमा यस दिनलाई ‘ढिक्राहुवा’ भनिन्छ। ढिक्री पकाउँदा स्वर्गीय पुर्खाहरूलाई सम्झेर काठीक बोझ (दाउराको भारी), पौवा (चप्पल), बाटी (बत्ती अर्थात् दियो), ढकियालगायतका विभिन्न आकार बनाउने गरिन्छ। नवमीका दिन बिहानै कुखुराको बलि दिने चलन छ। यस दिन थारू समुदायका घरमा सात प्रकारका परिकार पकाइन्छन्। सिढरा माछा, ठुसा (समुरोको गेडा भिजाएर पकाइने परिकार), पवयको साग, मासु, आलुलगायतका तरकारी ती परिकारमा पर्छन्। डश्या पर्वका अवसरमा देउता पूजा। यी सबै परिकार लिएर गाउँभन्दा दक्षिणतर्फ रहेको खोला, तलाउ वा नदीमा जाने र सामूहिक रूपमा स्वर्गीय पुर्खाहरूका लागि खाना चढाउने गरिन्छ। त्यसपछि पितृलाई बिदाइ गर्ने चलन छ। यसरी डश्यामा पुर्खालाई सम्झने, निम्तो गर्ने र बिदाइ गर्ने परम्पराले मृतात्माको शान्तिको कामना झल्काउँछ। बेबरी फूल र पुर्खाको सम्झना डश्यामा देवतालाई बेबरी (बाबरी) फूल अनिवार्य रूपमा चढाइन्छ। घरमा फूल नभए अन्यत्रबाट खोजेर भए पनि जमरासँगै बेबरी फूल चढाउने चलन छ। पुर्खाहरूका अनुसार घरमा विषालु कीरा, फट्याङ्ग्रा र सर्प आउन नदिन बेबरी फूलको प्रयोग गरिन्थ्यो। मृतात्माले शान्ति पाऊन् र बकुल्लामाथि सवार भएर सकुशल स्वर्ग जाऊन् भन्ने जनविश्वास छ। थारू समुदायमा डश्या मुख्यतः आफ्ना पुर्खाहरूको मृतात्माले शान्ति पाओस् भन्ने कामनासहित मनाइन्छ। मृत्यु संस्कारमा जुठो परेको अवस्थामा कुलदेवतालाई पिनाले नुहाइदिने चलन छ। त्यसरी नै डश्यामा पनि पुर्खाको मृत्युसँग जोडिएको जुठोका कारण देवता नुहाउने परम्परा छ। त्यसपछि छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर देवतालाई चोख्याउने गरिन्छ। त्यस्तै, काजक्रियामा जिटा मार्ने (मासु काट्ने) चलनअनुसार जिटा पुज्ने, देवताअनुसार जल वा रक्सीको छाँकी चढाउने र पिट्टर (पिण्ड) दिने परम्परा पनि छ। भित्तामा पिठोको बकुल्लाको छाप बनाउने चलनसमेत छ। मृतात्माले शान्ति पाऊन् र बकुल्लामाथि सवार भएर सकुशल स्वर्ग जाऊन् भन्ने जनविश्वासका आधारमा बकुल्ला बनाउने गरिएको बताइन्छ। दसैँभन्दा फरक परम्परा हिन्दू धार्मिक मान्यतामा दसैँलाई देवता र दानवबीचको युद्धमा देवताले विजय प्राप्त गरेको उत्सवका रूपमा लिइन्छ। यस अवसरमा दुर्गाको पूजा गर्ने र मान्यजनबाट रातो टीका लगाउने चलन छ। तर थारू समुदायमा दुर्गा वा रामको पूजा गर्ने मौलिक परम्परा नरहेको समुदायका अगुवाहरू बताउँछन्। उनीहरूका अनुसार दुर्गा र राम थारू समुदायका मौलिक देवता होइनन्। पशु बलिको सट्टा घरबारीमा फलेको कुपिण्डोको बलि दिने चलन थारु समुदायमा छ। थारू समुदायका आफ्नै मौलिक देवताहरू छन्। गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा र जगन्नठ्यालगायतका देवताको पूजा गरिन्छ। देवताअनुसार कसैलाई जल, कसैलाई रक्सी, कसैलाई जल मात्रै त कसैलाई जाँडसमेत चढाउने चलन छ। जमरा र बेबरी फूल भने सबै देवीदेवतालाई चढाउने परम्परा छ। कुपिण्डोको बलि थारू समुदायमा जीवजन्तुको बध गरेर देवतालाई बलि चढाउने परम्परा नरहेको बताइन्छ। त्यसको सट्टा घरबारीमा फलेको कुपिण्डोको बलि दिने चलन छ। अहिले पनि धेरै गाउँमा कुपिण्डोकै बलि दिने गरिन्छ। डश्याको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने चलन छैन। पूजापछि मात्रै त्यसलाई तरकारीका रूपमा खाने गरिन्छ। कुखुराको बलि दिनुअघि कुपिण्डो काट्ने परम्परा पनि छ। अष्टमी अर्थात् ढिक्री पुज्ने दिनको साँझ कुपिण्डोमा चारवटा सिन्का घोचेर भेडाको आकार बनाइन्छ। भोलिपल्ट बिहान सबैभन्दा पहिले त्यही कुपिण्डो चढाउने चलन छ। यसरी कुपिण्डोको बलि दिने परम्पराले थारू समुदायको डश्यामा प्रकृतिसँगको सम्बन्ध र जीवजन्तुप्रतिको दृष्टिकोणलाई समेत प्रतिबिम्बित गर्छ। समुदायले डश्यालाई पारिवारिक तथा सामाजिक सम्बन्ध जोड्ने संगमका रूपमा पनि लिने गरेको छ। डश्या पर्वका अवसरमा देउतालाई चढाइने ढिक्री। प्रकृति, जीवन र बलिको अर्थ डश्या पूजा प्रकृतिसँग जोडिएको छ। यससम्बन्धी धार्मिक तथा दार्शनिक व्याख्यामा पृथ्वीका सबै जीवजन्तु बराबर रहेको र सबैको पीडा तथा दुःख समान हुने विचार व्यक्त गरिन्छ। एकले अर्कोलाई मारेर वा बध गरेर आफ्नो स्वार्थ पूरा गर्नु सेवा वा कल्याण नभएको तर्क गरिन्छ। यस्तो व्यवहारले चराचर जगत्को कल्याण नगर्ने र मानिसको स्वार्थ तथा अज्ञानताका कारण बलि दिने प्रचलन सुरु भएको मान्यता पनि प्रस्तुत गरिन्छ। यस मान्यताअनुसार शक्तिस्वरूपा जगतमाताले बलि मागेकी होइनन्, बरु मानिसकै स्वार्थ र अज्ञानताले यस्तो प्रचलन सुरु गरेको हो। शास्त्रीय व्याख्यामा ‘बलि’ शब्दको अर्थ ‘उपहार’ पनि हुन्छ। उपहारका रूपमा खीर, फलफूल, मिठाई, नरिवल वा ढिक्रीलगायतका परिकार चढाउन सकिन्छ। प्राकृतिक स्रोतबाट उपलब्ध रङको प्रयोग हुँदै आएको समयमा सेतो रङको विशेष महत्त्व रहेको थारू समुदायमा मान्यता छ। भगवानको पूजा गर्ने अधिकार धनी र गरिब सबैलाई समान हुने विचार पनि यस व्याख्यामा जोडिन्छ। जससँग जे उपलब्ध छ, उसले त्यही सामग्री देवतालाई चढाउन सक्छ। प्राचीन समयमा मानिसहरू जंगलमा घुमेर सिकार गर्ने, माछा मार्ने र अन्न उब्जाएर जीवन निर्वाह गर्ने गर्थे। उनीहरूको जीवन प्रकृतिमै निर्भर थियो। त्यसैले आफूसँग उपलब्ध माछा, मासु वा अन्न नै देवतालाई चढाएर पूजापाठ गर्ने परम्परा विकसित भएको मानिन्छ। सेतो टीका र बेबरी फूल थारू समुदायमा सेतो रङलाई प्राकृतिक रङका रूपमा लिने गरिन्छ। प्राकृतिक स्रोतबाट उपलब्ध रङको प्रयोग हुँदै आएको समयमा सेतो रङको विशेष महत्त्व रहेको मान्यता छ। पछि मानिसले विभिन्न खोज तथा अनुसन्धानबाट कृत्रिम रङ उत्पादन गर्न थालेपछि बजारमा अनेक रङका सामग्री उपलब्ध हुन थाले। चाडपर्वमा पनि रङ्गीचङ्गी सामग्रीको प्रयोग र खपत बढ्दै गएको छ। यसको प्रभाव टीकामा पनि परेको छ। विभिन्न रङ मिसाएर टीका बनाउने चलन बढेसँगै थारू समुदायका मानिस पनि पछिल्लो समय रङ्गीन टीकाप्रति आकर्षित भएका छन्। साथीभाइसँग टीका लगाउने क्रममा आफ्नो रुचिअनुसारको रङ रोज्ने चलन बढेको छ। तर थारू समुदायको मौलिक परम्परामा डश्याका अवसरमा अभिभावकबाट प्रसादका रूपमा ग्रहण गरिने टीका सेतो हुन्छ। देवतालाई पनि सेतै टीका चढाउने गरिन्छ। चामलको पिठोबाट बनाइने यो टीकासँगै जमरा र बेबरी (बाबरी) फूल ग्रहण गरिन्छ। पुस्तौँदेखि चल्दै आएका यी संस्कारले थारू समुदायको छुट्टै सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन्। अन्य समयमा दौनाबेबरी फूलको प्रयोग कम हुने भएकाले डश्यामा टीकासँगै यस फूललाई विशेष रूपमा ग्रहण गर्ने चलन छ। थारू समुदायमा निधारमा मात्रै टीका लगाइँदैन, पाखुरा, घुँडा र पैतालामा समेत लगाउने गरिन्छ। निधारमा टीका लगाउनु दिव्यशक्तिको कामना, पाखुरामा काम गर्ने शक्तिको कामना तथा घुँडा र पैतालामा टीका लगाउनु बलियो हुने कामनासँग जोडिएको छ। यसरी थारू समुदायको डश्या पुर्खाको सम्झना, मौलिक देवताको पूजा, प्रकृतिप्रतिको आस्था, सेतो टीका, बेबरी फूल र कुपिण्डोको बलिजस्ता विशिष्ट परम्पराको समष्टि हो। पुस्तौँदेखि चल्दै आएका यी संस्कारले थारू समुदायको छुट्टै सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

शरद ऋतुमा बगैँचाको हेरचाह: कुन बिरुवा राख्ने, कुन हटाउने ?
ताजा खबरJust now

शरद ऋतुमा बगैँचाको हेरचाह: कुन बिरुवा राख्ने, कुन हटाउने ?

कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ। ...

हाम्राकुरा
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
ताजा खबरJust now

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कर्पोरट खबर
बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
ताजा खबरJust now

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु

रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

केन्द्रबिन्दु
घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
ताजा खबरJust now

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु

रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play