Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग
Photo / Coverage: पर्दाफास

भारतको अयोध्याबाट नेपालको जनकपुरधाम सरयू कमला एक्सप्रेस रेल आज जनकपुरधाम आइपुगेको छ । करीब ११०० जना यात्रुहरु जनकपुरधाम घुम्न यस रेलमार्फत जनकपुरधाम आइपुगेका हुन् । अधिक्तम यात्रुहरु पहिलो पटक जनकपुरधाम आएका छन् । उनीहरुलाई रेल्वे स्टेशनदेखि मन्दिर घुम्नेबेलासम्म जनकपुरवासीले भव्य स्वागत गरे । उनीहरुको स्वागतमा गाजाबाजा, पुष्प वर्षा, माला, खादा, निःशूल्क खाजा र खानाको व्यवस्था गरिएको थियो । यात्रुहरुले जनकपुरधामवासीले गरेको स्वागतको प्रशंसा गरेका छन् । लखनउबाट आएका अजित भन्छन्, ‘पुष्प वर्षासहितको भव्य स्वागत अनुभव भयो । भन्नै सकिन्न की अन्तराष्ट्रिय रेल सेवा भनिएपनि जनकपुरधाम आएर आफ्नोपन महशुस भयो । उनका अनुसार यस रेल सेवाले दुबै देशबीच धार्मिक सर्किट स्थापन गरेको छ ।’ उनले अब आउन लागेको विवाहपञ्चमी महोत्सवमा यस रेल सेवाले थप यात्रुहरुलाई जनकपुरधाम आउन सुविधा हुनेछ । यस रेल सेवाले विवाहपञ्चमी महोत्सवलाई थप भव्यता प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । त्यस्तै, रक्शौलका रमेश कुशवाहा भन्छन्, ‘यति राम्ररी स्वागत गरिएको छ, हामी फेरि पनि जनकपुरधाम आउनेछौँ ।’ उनले दुबै देशका प्रधानमन्त्रीलाई यस रेलसेवा सुरु गरेकोमा धन्यवाद व्यक्त गरे । त्यस्तै, जयनगका रामविनोद सिंह भन्छन्, ‘बारातीलाई स्वागत गरेजस्तै जनकपुरधाममा स्वागत गरियो, धेरै खुसी लागेको छ । यस रेलसेवाले बेटी रोटीको सम्बन्धलाई थप मजबुत बनाएको छ ।’ उनले जानकी माताको मन्दिर दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै, चम्पारणका बब्लु कुमार गुप्ता भन्छन्, ‘जनकपुरवासीले गरेको स्वागत हेर्दा अत्यन्त खुसी लागेको छ । भारतको पहिलो अन्तराष्ट्रिय रेल सेवा भएकोले दुबै देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ । भगवान रामको ससुराली आउन पाउँदा खुसी छु ।’ उनले सम्पूर्ण नेपालीलाई अयोध्या दर्शन गर्न आउनसमते आग्रह गरे । उनले दुबै देशबीच रहेको बेटी रोटीको सम्बन्ध यस रेलसेवाको सञ्चालनले थप मजबुत हुने बताए । त्यस्तै, मालगढका कुशाल गोस भन्छन्, ‘फूल मालाले प्रत्येक यात्रुको स्वागत गरिएको छ, धेरै खुसी लागेको छ । उनका अनुसार रेलभित्र खाने, बस्ने, सुत्ने व्यवस्था पनि धेरै नै राम्रो रहेको थियो ।’ उनले रामजन्म भूमिदेखि जानकी जन्मभूमिसम्म सिधा रेल सेवा सञ्चालन हुनुमा गर्व महशुस भएको बताए । त्यस्तै, अयोध्याका हिरालाल साह भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र बालेन्द्र शाहका कारण आज दुबै देशबीचको सम्बन्ध थप मजबुत भएको छ । अब दुबै देशवासीलाई आवतजावत गर्न सहज हुनेछ ।’ उनले रेलमार्फत जनकपुरधाम आउन धेरै नै सहज भएको सुनाए । जनकपुरधाममा करीब तीन घण्टा बिताएर यात्रुहरु फेरी रेलमा सवार भई फर्किएका छन् । रेल फर्किने क्रममा पनि उनीहरुले हात हल्लाएर जय सीयारामको नारा लगाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक
OthersJust now

आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक

देशका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा आधाभन्दा बढी औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा मंगलवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक शम्भु साहले यस्तो बताएका हुन् । उनकाअनुसार विभागले विराटनगर, नेपालगञ्ज र वीरगन्जलगायतका स्थानमा ७५ वटा औषधि पसलको अनुगमन गर्दा आधाभन्दा बढीले चिकित्सकको ...

पर्दाफास
शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ
OthersJust now

शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ? ...

अनलाइन खबर
चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन हुँदै
OthersJust now

चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन हुँदै

काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै फागुन २३ गतेबाट महोत्सवको सुरु हुने बताइएको छ। आयोजकका अनुसार फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement