Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ । प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् । अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो । अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो । यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ । सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो । मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई पुल अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा, नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाइँदै
Latest NewsJust now

दुई पुल अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा, नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाइँदै

शेरबहादुर सार्कीबाजुरा, कात्तिक १८ गते । बाजुरामा दुईवटा पुल निर्माणको जिम्मा लिएर लामो समयसम्म काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको छ । बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपा... ...

गोरखापत्र
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, बीरग‌जमा चाँदीसहित २ पक्राउ
Latest NewsJust now

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, बीरग‌जमा चाँदीसहित २ पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका फरकफरक दुई स्थानमा छापा मारी जुवातास खेलिरहेका १३ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले खैरहनी ८, पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ७७ हजार ९ सय ९५ रुपैयाँ नगद ...

केन्द्रबिन्दु
दार्मा गाउँपालिकामा विद्युत् सेवा विस्तार
Latest NewsJust now

दार्मा गाउँपालिकामा विद्युत् सेवा विस्तार

सल्यान समाचारदातासल्यान, कात्तिक १८ गते । सल्यानको दार्मा गाउँपालिका–३ का तीन र कुमाख गाउँपालिका–६ को एक गरी चार बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । ट... ...

गोरखापत्र
माटोको ढिस्को खस्दा चार महिला घाइते
Latest NewsJust now

माटोको ढिस्को खस्दा चार महिला घाइते

राजु लामिछानेरुकुम पश्चिम, कात्तिक १८ गते । घर पोत्ने माटो खन्ने क्रममा रुकुम पश्चिमका चार महिला घाइते हुनुभएको छ ।आठबिसकोट नगरपालिका–११ को चौर गाउँबाट जाजरकोटको नलगाड नगरपालिका–७... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play