Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलरको मूल्य १५० रुपैयाँ ७८ पैसा, अन्य देशको मुद्राको विनिमयदर कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलरको मूल्य १५० रुपैयाँ ७८ पैसा, अन्य देशको मुद्राको विनिमयदर कति ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कार्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ । त्यस्तै, एक युरोपियन युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्र्याङ्कको खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २८ पैसा कायम हुँदा अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा कायम भएको छ । त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ २ पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिरामको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५ पैसा रहेको छ । मलेसियन रिङ्गिटको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम हुँदा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हङकङ डलरको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ । कुवेती दिनारको खरिददर ४८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५९ पैसा कायम भएको छ । त्यस्तै, बहराइन दिनारको खरिददर ३९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ८४ पैसा तथा ओमानी रियालको खरिददर ३९० रुपैयाँ ६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६२ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ र वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकमा बुझ्न राष्ट्र बैंकले आग्रह गरेको छ । The post अमेरिकी डलरको मूल्य १५० रुपैयाँ ७८ पैसा, अन्य देशको मुद्राको विनिमयदर कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
Latest NewsJust now

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या ...

केन्द्रबिन्दु
राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)
Latest NewsJust now

राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

अनिल पराजुलीमकवानपुर, कात्तिक २७ गते । बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्त... ...

गोरखापत्र
सोलुखुम्बुको लुक्लामा पर्यटकको भीड, जहाजको टिकट पाउनै मुस्किल
Latest NewsJust now

सोलुखुम्बुको लुक्लामा पर्यटकको भीड, जहाजको टिकट पाउनै मुस्किल

सोलुखुम्बु । पर्यटकीय याम सुरु भएसँगै सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) जाने पर्यटकको चहलपहल लुक्लामा बढेको छ। विभिन्न देशबाट आएका पर्यटकले तेन्जिङ हिलारी विमानस्थल खचाखच भरिएको छ। काठमाडौं आउजाउ गर्ने हवाई यात्रुको चाप बढ्दा टिकट पाउनसमेत मुस्किल हुन थालेको छ। विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत
Latest NewsJust now

भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

काठमाडौँ । काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भई ठुलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि आज एक दिन स्थानीय शोक बिदा घोषणा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play