अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नफर्कन चेतावनी दिएका छन्। इरानको वर्तमान प्रशासनको आलोचना गर्दै आएका अमेरिका र इजरायलले सम्भावित सैन्य आक्रमणको धम्की दिएपछि खामेनीले यस्तो चेतावनी दिएका हुन् । शनिबार उनको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमा शत्रु राष्ट्रले पुनः सैन्य वा आतङ्कवादी आक्रमण गरे त्यसको जवाफ दिने समय र परिस्थिति इरानले नै निर्धारण गर्ने उल्लेख छ । ‘यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले निर्धारण गर्नेछन्,’ वक्तव्यमा भनिएको छ । सर्वोच्च नेता खामेनीले उच्च सैन्य कमाण्डरहरूसँगको बैठकपछि यस्तो अभिव्यक्ति दिएका हुन् । बैठकमा सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र क्रान्तिकारी गार्डका कमाण्डर अहमद वाहिदी सहभागी थिए । सर्वोच्च नेता बनेपछि सार्वजनिक जानकारीमा आएको उनीहरूको यो पहिलो बैठक हो । खामेनीले कमाण्डरहरूलाई कुनै पनि स्तर वा प्रकारको धम्कीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । साथै, अमेरिकी र इजरायली पक्षका मूर्त तथा अमूर्त सम्पत्तिलाई सम्भावित लक्ष्यको सूचीमा अद्यावधिक गर्न पनि आदेश दिएका छन् । सर्वोच्च नेताको चेतावनी सार्वजनिक भइरहँदा मध्यपूर्वमा युद्ध पुनः सुरु हुन नदिन कूटनीतिक प्रयाससमेत भइरहेका छन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो । उक्त युद्धमा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अमेरिकी–इजरायली आक्रमणमा मृत्यु भएको थियो । यसैबीच, शुक्रबार कतारको एक प्रतिनिधिमण्डल तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । यद्यपि, इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले उक्त पत्रको जवाफ दिइसकेको छैन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फ्रान्स, इटाली र जर्मनीमा युवा आक्रोश : महँगी र कमजोर सेवाले सडकमा उतार्यो
काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र... ...

समाज परिवर्तनको सुस्त गति
नेपालमा प्रविधि छिटो आयो र समाज परिवर्तनको गति त्योभन्दा सुस्त रह्यो । परिवर्तनको गति बढाउन दलितसँगै कथित उच्च जातको उत्तिकै भूमिका छ। ...

सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’
विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ । ...

विवादित न्यायाधीशविरुद्ध महाभियोगतर्फ रास्वपा
सर्वोच्चका न्यायाधीशका सम्बन्धमा आएको विवाद निरूपणका लागि संसद्मार्फत प्रक्रिया अघि बढाउन पार्टी संसदीय दललाई रास्वपा सचिवालयको निर्देशन, महाभियोग प्रस्ताव दर्ताका लागि प्रक्रिया अघि बढ्ने नेताहरूको भनाइ ...


