Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी
Photo / Coverage: केन्द्रबिन्दु

नो पेन्ह । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए। अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उनको भनाइ छ। कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनु हुँदैन। क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खलाको विकास हुनुपर्नेमा उनले जोड दिए। विद्युतीय सवारीसाधन (इभी) मा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनको भनाइ छ। गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो। सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो। उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ। तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ। राष्ट्रपति ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई निरन्तर दबाब दिँदै आएका छन्। हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ। यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।कार्नीले यसअघि शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे केही प्रगति भए पनि अझै केही मतभेद बाँकी रहेको बताएका थिए। रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अदालत फर्किंदै न्यायाधीश फुयाल
Latest NewsJust now

अदालत फर्किंदै न्यायाधीश फुयाल

काठमाडौं। करिब दुई साताको बिदापछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबार नियमित काममा फर्किंदैछन्। न्यायालयभित्र र बाहिर अनेक प्रश्न उठिरहेका बेला उनी फेरि न्यायालयमा उपस्थित हुन लागेका हुन्। उनको नियमित कार्यालय फिर्ती मात्रै होइन, सार्वजनिक विवादबीच आफ्नो न्यायिक जिम्मेवारी निरन्तर निर्वाह गर्ने एउटा महत्त्वपूर्ण क्षण पनि हो। इनम सापकोटासँगको सम्पर्क र भेटघाटको विवरण सार्वजनिक भएपछि फुयाल विवादको केन्द्रमा तानिएका थिए। सञ्चारमाध्यममा सार्वजनिक ...

नेपालन्युज
एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित […] ...

लोकपथ
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन्। पर्यटकलाई आकर्षित ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play