Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकामा ४.२ अर्ब डलर लगानी गर्दै जर्मन कार कम्पनी अउडी

अमेरिकामा ४.२ अर्ब डलर लगानी गर्दै जर्मन कार कम्पनी अउडी

10/25/2026, 7:54:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा ४.२ अर्ब डलर लगानी गर्दै जर्मन कार कम्पनी अउडी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न ४.२ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको सार्वजनिक गरेका छन् । उनका अनुसार उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए । उनले जर्जियाको मेकोन सहर नजिकै अउडीले ४.२ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने सुनाए । यद्यपि फोक्सवागन समूहको एक हिस्सा रहेको अउडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ । उत्पादन भने सन् २०३० को दशकको सुरुतिर थालिनेछ । कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ । फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा विशेषगरी फोक्सवागन, अउडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ । लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
ताजा खबरJust now

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी

काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...

रातोपाटी
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
ताजा खबरJust now

अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

गोरखापत्र
बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
ताजा खबरJust now

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play